८ जेष्ठ २०८१, मंगलवार

 

स्विमिङ पूलमा प्रियंका

नायिक प्रियंका कार्कीले साथीहरुसँग स्विमिङ पूलमा रमाएका तस्बिर सार्वजनिक गरेकी छन् ।

बेबी सवारका तस्बिर सार्वजनिक गरेर आलोचना खेप्दै आएकी नायिका कार्कीले स्विमिङ पूलमा रमाइरहेको तस्बिर सार्वजनिक गरेकी हुन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् ।

प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरु पनि रमाएको देख्न सकिन्छ । प्रियंकाको यो तस्वीरमा आलोचनात्मक प्रतिक्रिया धेरै आएका छन् । तर, केहीले भने गर्भवती भएको समयमा जीवनको आनन्द लिएको भन्दै प्रियंकाको प्रशंसा पनि गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्