८ बैशाख २०८१, शनिबार

 

‘अर्को पार्टी बनाउने माधव नेपालको इन्टेन्सन नै रहेछ’

प्रमुख प्रतिपक्ष एमाले अन्ततः दुई टुक्रा भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा समाजवादी नामको नयाँ दल दर्ता गरेका छन् । यो विभाजनको असर केन्द्रदेखि प्रदेशसम्मको सत्तासमीकरण र राजनीतिमा प्रत्यक्ष देखिएको छ ।

विभाजनपछि एमालेका कतिपय नेता खुलेरै नेपालतिर लागेका छन् । पहिले नेपाल पक्षका भनिएका कतिपय नेता भने एमालेमै अडिएका छन् । एमाले विभाजन, आन्तरिक समस्या, पार्टीको भविष्य र राष्ट्रिय राजनीतिबारे एमाले नेता इन्द्रलाल सापकोटाले विमल खड्कासँग  गरेकाे कुराकानीको सम्पादित अंश :

000

माधवकुमार नेपालले अहिले नयाँ पार्टी खोल्नुभएको छ । एमालेभित्रको विवादमा सधैं नेपालकै साथ रहनुभएका यहाँले पार्टी दर्तापछिचाहिँ उहाँलाई चटक्कै छाडिदिनुभयो नि ?

नेपालको राजनीतिको जुन वृत्तचित्र छ, यसभित्र सबैजसो कम्युनिस्ट पार्टीको गन्तव्य हँसिया–हथौडा बोकेर उही कार्यनीति अख्तियारी गर्दै समाजवादसम्म पुग्ने नै हो ।

माक्र्सवाद, लेनिनवाद अनि त्यहीँ जनताको बहुदलीय जनवादको जगमा अर्को कम्युनिस्ट पार्टीको औचित्य कसरी पुष्टि गर्न सकिन्छ ? आजको आवश्यकता पार्टीभित्रका खराब मानिसका विरुद्धको संघर्ष हो ।

नयाँ पार्टी खोल्नु होइन । इतिहास हेर्दा ७० वर्षमा कम्युनिस्ट आन्दोलन विभाजन र एकताको प्रक्रियाबाट गुज्रेर आयो ।

अहिले पनि माओवादी विभाजनपछि वैद्य, विप्लव, बाबुरामको अवस्था हेर्दा टुक्रेका कम्युनिस्ट पार्टीको औचित्य र आवश्यकता देखिँदैन ।

आजको आवश्यकता एमालेसहितको वामपन्थी एकता नै हो । माधवकुमार नेपालले अर्को पार्टी बनाउने रहर गर्नुभयो तर गल्ती गर्नुभयो भन्ने सैद्धान्तिक असहमति हो ।

एमालेभित्र अन्तर्विरोध कायमै छ । एमालेकै सरकारले प्रतिनिधिसभा विघटन गरेपछि फाटो अझ बढेर विभाजनसम्म आइपुग्यो । यस्तोमा यसअघि नेपाललाई समर्थन गरेकाहरूमाथि संस्थापनले रिसइबी साध्ने जोखिम कत्तिको छ ?

प्रतिनिधिसभा दुईपटक विघटन भयो । यो वास्तवमा पार्टीभित्र बहसको एजेन्डा बन्नुपर्छ । संवैधानिक प्रक्रियाभित्र यो विघटन गलत थियो भन्ने अदालतले पुष्टि गरिसकेको छ ।

कसैले मैले ठिक गरेँ भन्छ भने पनि त्यो कानुनी हिसाबमा गलत भइसकेको छ । त्यस कारण हामीले उठाएको मुद्दा अदालतले पुष्टि ग¥यो ।

दोस्रो कुरा के भने अहिले पनि केपी ओली नवौं महाधिवेशनको अध्यक्ष हो । पार्टीमा कमरेड ओलीसँग असहमति हुन सक्छन् । ती असहमतिका हकमा १० बुँदे सहमति कार्यान्वयन गर्दै स्थानीय तहदेखि जिल्ला, प्रदेशसम्मका साथीहरूले अभिमत राख्छौं ।

नेपाल कम्युनिस्ट पार्टीको एकता हुँदै २०७४ सालदेखि अहिलेसम्म आइपुग्दा सरकार सञ्चालनलगायत विषयमा हामीले खेलेका भूमिका पार्टीको घोषणापत्र अनुकूल छन् कि छैनन ? गन्तव्यअनुसारका छन् कि छैनन् ? हामीले किन एकता ग¥यौं । किन विभाजन भयो ? यस्ता थुपै्र मुद्दा छन् ।

आउने महाधिवेशनमा जमेर बहस गर्दै एउटा निष्कर्ष निकाल्नुपर्छ । निष्कर्ष निकाल्न सकेनौं भने कम्युनिस्ट पार्टी यथास्थानमै रहन्छ । हामी दक्षिणपन्थतिर ढल्केको अनुभूति हुनेछ ।

परिवर्तनको एजेन्डालाई मुखरित गर्न सक्नेछैनौं । पार्टीभित्र अन्तरसंघर्ष हुनु भनेको पार्टी विभाजन हुनु हो भनेजस्तो भयो । यो विकल्प हुन सक्दैन ।

यसरी प्रमुख दलहरूमै एकपछि अर्को फुट आइरहँदा संघीय लोकतान्त्रिक गणतन्त्रलाई असर गर्दैन ?

राजनीतिक दलले अब मुलुकमा स्थायित्व दिनुपर्छ, आन्दोलन होइन ।

सरकारमार्फत विकास–निर्माण गर्दै आमयुवालाई रोजगारीको बाटोमा लैजाने, मुलुकलाई आयआर्जनतर्फ डो¥याउने, राष्ट्रिय अर्थतन्त्रको विकास गरी समाजवादी मोडेलमा जाने भनी सबै दलले कमिटमेन्ट गरेको साझा दस्ताबेज संविधानमा लिखित छ ।

२०४८ सालको राजनीतिक परिवर्तनपछि देखिएका राजनीतिक अस्थिरताकै कारण यस्ता कमिटमेन्ट गरिएका हुन् । त्यस्तै अस्थिरता निम्तिन नदिन प्रतिनिधिसभा विघटन गर्न नपाउने कुराको संविधानमा ग्यारेन्टी ग¥यौं । दलहरूको विभाजन र अस्थिरताले लोकतन्त्र बलियो हुँदै हुने होइन ।

त्यसैले केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत नपुगेसम्म पार्टी फुटाउन नदिने व्यवस्थाका लागि ठूलै मेहनतले ऐन बनाइएको थियो ।

केपी बिदा भए पनि एमाले सकिन्न, माधव बिदा भए पनि एमाले सकिन्न । ७० वर्ष नाघिसक्नुभयो, अब सम्मानित पोस्टमा बस्नुहोस् भन्छौं । २०४६ सालदेखि उहाँहरू नै हुनुहुन्छ । केपी, माधव, झलनाथ, वामदेवले पाउनुपर्ने अब के छ र ? उहाँहरू नेतृत्व हस्तान्तरण गर्न तयार नहुने । दोस्रो–तेस्रो तहका नेतालाई नेतृत्व हस्तान्तरण गर्लान् भनेको आफ्नै पालामा पार्टीलाई पोलेर खाए । 

चाहे केपी ओलीको नामको ७२ घण्टामा फिर्ता हुने अध्यादेश होस् वा शेरबहादुर देउवाले ल्याएको २० प्रतिशत सदस्य मिले पार्टी फुटाउने अध्यादेश । यसले लोकतान्त्रिक गणतन्त्रलाई असर पु¥याउँछ ।

भोलि माधवकुमार नेपालकै समाजवादी, कांग्रेस, माओवादी, जसपा समाजवादीभित्र २० प्रतिशतको खेल हुन सक्छ । यसले के लोकतन्त्र जोगाउँछ ? दूरगामी हिसाबले यो कुनै मानेमा ठिक होइन ।

यस कारण हामीले आफ्नो अभिमत जाहेर गरेका छौं । दलीय प्रणालीलाई कमजोर पार्ने, जनताबीच वितृष्णा पैदा गर्ने काम भइरहेका छन् । वास्तवमा नेताहरूले खबरदारी गर्न जरुरी छ ।

यही बीचमा जसपा पनि फुट्यो । आखिर दलहरू केका लागि फुट्छन्– शक्ति, सत्ता, विचार वा सिद्धान्त ?
हामीजस्ता कार्यकर्ताले यो पार्टीमा ४० वर्ष योगदान ग¥याैं । हामीले सपना देखेका थियौं– मुलुकमा राजतन्त्रको समाप्तिपछि स्वाभाविक रूपले राजनीतिक दलले आफूलाई व्यवस्थित गर्नेछन् ।

अब्बल नेतृत्व गरी कमी–कमजोरीलाई सच्याउनेछन् ।

साँच्चै दलीय प्रणालीबाट मुलुकलाई बदल्न सकिन्छ भन्ने विश्वासका आधारमा अहिलेको अवस्थामा आएका हौं । तर, दलहरूको अवस्था हेर्दा जुँगाको लडाइँ, अस्वस्थ पदीय प्रतिस्पर्धा, व्यक्तिगत स्वार्थ आधारमा एजेन्डा उठाएर दुरी बढाउँदै जाने, एजेन्डालाई सिद्धान्तीकृत गर्दै विचारको लेभल दिँदै जाने अनि विभाजन हुने यथार्थ छ ।

यो सिद्धान्त र विचारको होइन, नेताहरूको सत्तास्वार्थको विभाजन हो । नेपालको राजनीतिक अस्थिरताबाट फाइदा लिन चाहने केही भित्रका र बाहिरका शक्तिहरू छन् । उनीहरूले जे चाह्यो त्यही भइरहेको छ । वास्तवमा दलहरू मिल्न सकेनन् । हाम्रो पनि खबरदारी पुग्न सकेन ।

एमाले फुट्नुमा पनि बाह्य शक्तिकै हात छ भन्न खोज्नुभएकोे ?
ठ्याक्कै मुखरित हिसाबले यो कुरा नगरौं । तर धेरै विभाजित कम्युनिस्टलाई २०३५ सालदेखि अहिलेसम्म एकताको मूलमा ल्याउने पार्टी एमाले हो ।

बहुदलीय जनवादको सैद्धान्तिक धरातलभित्र राज्यप्रणाली वा पार्टीभित्र पनि प्रजातन्त्रको अभ्यास गर्दै, हार–जितको नतिजालाई स्वीकार गर्दै नवौं महाधिवेशनसम्म आइपुग्दा एसियामै सांगठनिक सञ्जाल भएको पार्टीका रूपमा एमालेले हैसियत बनाएको थियो ।

यो हैसियतको एमाले विभाजित हुँदा नेपालको वामपन्थी आन्दोलन धरापमा पर्ने स्थितिमा पुग्यो । नेकपा एमालेलाई कमजोर बनाउनु नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाउनु हो । आज पार्टी नयाँ बनाएर जानेतिर हुन् या संस्थापनतिर रहनेहरू, विभाजनका निम्ति उचाल्नेहरू पनि छन् । एमालेजस्तो सुन्दर पार्टी हामीले जोगाउन सकेनौं ।

फेरि पनि माओवादीसहित वामपन्थीहरूको एकता आजको आवश्यकता हो । लेखेर राखे हुन्छ, त्यसको विकल्प छैन । एउटै चिह्न र एउटै कार्यदिशा बोकेर अलग रहन कसरी सम्भव छ ।

माओवादीले वडादेखि केन्द्रसम्म चुनाव गर्ने सरकार बनाउने, एमाले पनि वडादेखि केन्द्रसम्म चुनाव गर्ने सरकार बनाउने, छुट्टिएर गएका माधवहरू पनि चुनावै हो । चुनावै लड्ने हो भने एउटै हँसिया–हथौंडा लिएर लडे भइगो नि !

नेकपा हुनिबेला समाजवाद, समृद्धि, राजनीतिक स्थायित्वको नारा बोकेर जनतामा जानुभयो । अब पनि यिनै नारा बोकेर जाँदा जनताले पत्याउलान् ?
हिजोका दिन हामीले आन्दोलनमा उठाएका एजेन्डा संवैधानिक प्रक्रियाबाट समाप्त भएर मुुलुक अगाडि बढेको छ । नेतृत्वलाई आफैंमा अरूभन्दा बढी जिम्मेवार हुनुपर्ने दायित्व हुन्छ ।

नेपालको वामपन्थी आन्दोलनलाई एकीकृत गर्नुपर्ने केपी ओलीको जुन दायित्व थियो, त्यो कहीँ न कहीँ नपुगेको हो भनेर पार्टीभित्र मत राख्छौं ।

फेरि पनि के भ्रम पाल्न हुँदैन भने फुटेर जाने मात्र दोषी होइनन् । भित्र रहने पनि दोषी छन् । स्वाभाविक रूपले अहिले ओली र माधवकुमार नेपाल दुवै दोषी हुन् ।

दायित्वको हिसाबले केपी ओलीसँग थियो । पार्टी विभाजन हुनुमा सबैभन्दा बढी भारी केपी ओलीले बोक्नुपर्छ ।

जनताका सामु यो–यो कारणले गर्दा एकता बचाउन सकनौं भनेर पनि भन्न सक्नुपर्छ । फेरि आगामी दिनमा वामपन्थीहरूको एकतालाई मजबुत बनाउन नयाँ सिराबाट अगाडी बढ्छौं भन्न सक्नुपर्छ ।

जनतालाई नलुकाईकन गरेका राम्रा काम भन्ने र दुई तिहाइको सरकार टिकाउन नसकेकोमा कान समातेर उठबस पनि गर्ने । अब यस्तो गल्ती गर्दैनौं भनेर समीक्षासहित जनतामा जानुपर्छ ।

माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन र पार्टी सकियो भन्नुभयो । के अब एमाले सकिएकै हो ?

पार्टीको आन्तरिक विवादलाई सुव्यवस्थित गर्ने सन्दर्भमा १० बुँदे सहमति कायम गरेर मूलतः एमाले एकताकै प्रक्रियामा छ । साथीहरू जानुभयो, त्यसले असर गर्दैन भन्नु गलत हो । यसले नेकपा एमालेलाई मात्र होइन, लोकतान्त्रिक आन्दोलनलाई नै क्षति पु¥याउँछ ।

उहाँहरूले जे–जे योगदान गर्नुभयो, बाँडीबाँडी खानुभयो, अब पेन्सन पाक्यो । पार्टीभित्र दम्भ र घमन्ड छ । त्यही कारण एमाले फुटेको हो ।

त्यसको हेक्का राख्दाराख्दै पनि स्थायी कमिटीका साथीहरूको मत के हो भने १० बुँदे सहमतिभित्र पार्टीका समस्याहरू पार्टीभित्रै जीवन्त ढंगले उठाउने, त्यहीँ बहस गर्ने । पार्टीको अधिवेशन र महाधिवेशनमा जमेर आफ्ना कुरा राख्ने ।

यसै गरी नेकपा एमालेलाई सुधार्न सकिन्छ भनेर हामी एकीकृत भएको अवस्था छ । अपेक्षा गरौं, २०३९ सालदेखि हामी ठूलाठूला बहस गरेर आएका हौं । अहिले पनि नेकपा एमालेभित्र जंगी बहस गर्न जरुरी छ । नेकपा एमालेलाई आधारभूत जनताको पार्टी बनाएर समाजवादमा जानुपर्छ ।

१० बुँदे सहमति अक्षरशः पालना हुनेमा ढुक्क हुनुहन्छ ?
सुरुका दिनमा माधवकुमार र केपी ओली दुवै १० बुँदे सहमति पालना गर्नेमा सहमत हुनुहुन्थ्यो । सहमतिमै हस्ताक्षर भएको हो । नेपालले भनेरै कार्यदलका साथीहरूले हस्ताक्षर गर्नुभएको हो ।

आफैंले १० बुँदे भएपछि पार्टी एकता गर्न सकिन्छ भन्ने अनि अर्को दिन त्यसको जिम्मा नलिनु माधवकुमारको पनि समस्या हो ।

बीचमा अर्को अध्यक्षलगायत विषय आउँदा नेपालको इन्टेन्सन अर्को पार्टी बनाउने नै रहेछ । यता संस्थापनतिर पनि नेपाल नआइदिए हुन्थ्यो भन्ने देखिन्छ । तर हामीलाई चाहिएको बृहत् कम्युनिस्ट पार्टी हो ।

केपी बिदा भए पनि एमाले सकिन्न, माधव बिदा भए पनि एमाले सकिन्न । ७० वर्ष नाघिसक्नुभयो, अब सम्मानित पोस्टमा बस्नुहोस् भन्छौं । २०४६ सालदेखि उहाँहरू नै हुनुहुन्छ । केपी, माधव, झलनाथ, वामदेवले पाउनुपर्ने अब के छ र ?

उहाँहरू नेतृत्व हस्तान्तरण गर्न तयार नहुने । दोस्रो–तेस्रो तहका नेतालाई नेतृत्व हस्तान्तरण गर्लान् भनेको आफ्नै पालामा पार्टीलाई पोलेर खाए ।

के पार्टी सक्नका लागि उहाँहरूलाई नेता बनाएको हो ? उहाँहरूले जे–जे योगदान गर्नुभयो, बाँडीबाँडी खानुभयो, अब पेन्सन पाक्यो । पार्टीभित्र दम्भ र घमन्ड छ । त्यही कारण एमाले फुटेको हो ।

माओवादीका प्रचण्ड, मसालका मोहनविक्रम, नेमकिपाका बिजुक्छेलाई हेर्नुहोस्, उहाँहरू पनि नेतृत्व हस्तान्तरण गर्न चाहनुहुन । यो रोग सबै कम्युनिस्ट पार्टीको हो । हामीले अहिल्यै आत्मालोचना गरेनौं भने वाम आन्दोलनले नै दशा बेहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्