१७ भाद्र २०८३, बुधबार

 

भोटेकोशी बाढीपीडितका लागि कालिका भगवती मन्दिरले दियो साढे पाँच लाख

बागलुङ । भोटेकोशी बाढीपीडितलाई प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरले रु. पाँच लाख ५५ हजार सहयोग गरेको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आकश्मिक बसेको बैठकले भोटेकोशी बाढी पीडितको उद्दार र राहतका लागि मन्दिरको भेटीको रकमबाट सहयोग गर्ने निर्णय गरेको बागलुङ कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।

बाढीपीडितको उद्दार र राहतमा मन्दिरमा संकलन भएको भेटीको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई सहयोग गर्ने निर्णय अनुसार कोषमा रकम जम्मा गरिने भएको गुठीका कोषाध्यक्ष सचिन खड्काले जानकारी दिनुभयो ।

कालिका भगवती मन्दिर गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपीठको रुपमा स्थाति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung