२४ बैशाख २०८१, सोमबार

 

सांग्रिला बैंक बागलुङ शाखाद्धारा बित्तिय साक्षरता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बागलुङको एक विद्यालयमा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।बैंकल आफ्नो १७ औं बार्षिकत्सवको अबसरमा बागलुङ सदरमुकाममा रहेको कालीगण्की आवासीय माध्यमिक विद्यालयमा साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले यही कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबारदेखि संचालन गरेको साताव्यापी कार्यक्रम अन्र्तगत बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

सो अवसमा विद्यालयका विद्याथीहरुलाई बागलुङ शाखा प्रवन्धक श्रीजय श्रेष्ठले सहजिकरण गरेका थिए । वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य तथा आँखा शिविर, वित्तीय साक्षारता ,रक्तदान शिविर ,संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु गरिने बैंकले जनाएको छ ।

सांग्रिला बैंकले देशभर रहेका आफ्ना सम्पुर्ण शाखाहरुमार्फत मंगलवार दिनभर विभिन्न स्कुल तथा क्याम्पसहरुमा साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्