२५ बैशाख २०८१, मंगलवार

 

मानव सेवा आश्रमलाई कामना विकास बैंकको सहयोग

कामना सेवा विकास बैंक लिमिटेड बागलुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १५ औ वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको छ ।

बैंकका प्रबन्धक शालिकराम अधिकारीले आश्रमका संचालक निर्मलबहादुर श्रेष्ठलाई ३० हजार बराबरको न्यानो कपडा र खाद्यान्न हस्तान्तरण गरेका थिऐे ।बैंकको काम नाफा कमाउने मात्र नभइ कमाएको नाफाबाट केही रकम सामाजिक उत्तरदायित्वमा पनि खर्च गर्नुपर्छ भन्ने उदेश्यका साथ आश्रमलाइ सहयोग गरेको कामना सेवा विकास बैंकका शाखा प्रवन्धक शालिकराम अधिकारीले बताए ।

कार्यक्रममा आश्रमका अभिभावक देवहादुर श्रेष्ठले सहयोगी मनका धनीले गरेको थोरै थोरै सहयोगको कारण आश्रम राम्रोसँग संचालन भइरहेको धारणा राखेका थिए ।बागलुङका युवाहरुको सकृयतामा सञ्चालनमा आएको आश्रम सहयोगकै भरमा चल्दै आएको आश्रमका संचालक निर्मलबहादुर श्रेष्ठ ।

आश्रममा जन्मदिन, विवाह वार्षिकी, कुनै संघ संस्थाको स्थापना दिवस,स्मृतिमा तथा अन्य कार्यहरुमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ५० जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका सरिता गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्