स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ नगरप्रमुखको रुपमा निर्वाचित भएका मेयर बसन्त कुमार श्रेष्ठसँग नगरवासीले दैनिक प्रशासनिक सेवा र जनपक्षिय विकासले आफू लाभान्वित हुने आसा र अपेक्षा राखेका छन् । जनताले चाहेको विकासलाई घर दैलोसम्म पु¥याउन आधुनिक व्यवस्थापनका साथ मेयर श्रेष्ठले कसरी काम गर्छन भन्ने आम चासो नगरवासी र सरोकारवालाहरुलाई छ ।
यसलाई मुर्त रुप दिन अल्पकालिन र दिर्घकालिन योजना बनाउन प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटा आफ्नो टिमका साथ अगाडि वढेका छन् । देशका विभिन्न पालिकाको अनुभव र अभ्यास बटुलेका सापकोटाले नगरवासीको चाहना अनुसार प्रशासनिक सुधार र दिगो विकासको कार्यक्रम ल्याउन आफू सक्रिय भएको बताए ।
सापकोटासँग नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेको गरेको भिडियो अन्तर्वार्ता :













































































































































































































