१ जेष्ठ २०८१, मंगलवार

 

सिवाईसी लघुवित्तको आयोजनामा अक्षतेमा वित्तिय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड अक्षते शाखा कार्यालय बागलुङको आयोजनामा केन्द्र प्रमुख उपप्रमुख गोष्ठि तथा वित्तीय साक्षरता विषयक अन्तरकृया कार्यक्रम सम्पनन भएको छ । अक्षते शाखा अन्तर्गत रहेका १ सय १९ केन्द्रका प्रमुख तथा उप प्रमुख,जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधी तथा समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लघुवित्तले ग्रामीण भेगका धैरै महिलाहरुलाई उद्यमशिलता र आत्मनिर्भरता तर्फ अगाडि बढाएको बताउनु भयो । सिवाईसी लघुवित्तले महिलाहरुमा आत्मनिर्भर बन्ने बानिको बिकास हुनुका साथै ब्यक्तित्व ,नेतृत्व विकास तथा उनिहरुलार्य ब्यबसायिक बनाई समाजमा सम्मानित हुने अबसर प्रदान गरेको बताउनुभयो।

कार्यक्रमा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा तिलक, काठेखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिध्यापति शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण पुन र वडा नम्बर ६ का वडा अध्यक्ष बृहस्पति शर्माले समाजमा महिलाहरुको जिवनस्तर उकास्न महत्वपुर्ण भुमिका खेलेको र आफुहरु सिवाईसी प्रति सकारात्मक रहेको बताउनुभयो ।

सदस्यहरुको तर्फबाट बोल्दै केन्द्र नम्बर ५५ का उजेली शर्माले हाम्रो धरातल नै सिवाइसी नेपाल लघुवित्त भएको र महिलाहरुलाई चुला चौकोबाट बाहिर निकालि जनप्रतिनिधि सम्म प¥याएको बताउनुभयो। कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनमा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने केन्द्रका सदस्यहरुलाई नगद सहित सम्मान का साथै उत्कृष्ट बचतकर्ता ,सफल उद्यमि र असल ऋणीहरुलाई समेत सम्मान गरिएको थियोे ।

कार्यक्रममा१ सय १९ वटा केन्द्रका २०० जना केन्द्र प्रमुख तथा उप प्रमुख र सदस्यहरुको सहभागितामा भएको थियो ।कार्यक्रम सिवाईसि नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेडका का प्रबन्ध सन्चालक डोलिन्द्र प्रसाद शर्माको अध्यक्षता अक्षते शाखाका शाखा प्रमुख कृष्ण कडेलको स्वागत र प्रबन्धक सङ्गिता शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्