१ जेष्ठ २०८१, मंगलवार

 

सिवाईसी लघुवित्तको कुश्मिसेरामा गोष्ठी तथा वित्तीय साक्षरता सम्पन्न

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बागलुङको जैमिनि नगरपालिकाको केन्द्र कुश्मिसेरामा केन्द्र प्रमुख उप प्रमुखहरुको गोष्ठी तथा वित्तीय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरेर नगरपालिका अगाडि बढ्न चाहेकाले सबैको साथ र सहयोग आवश्यकता रहेको बताउनुभयो । वित्तीय संस्थाहरुले नागरिकहरुको जिवनस्तर उकास्न सहयोग गरिरहेको प्रति धन्यवाद दिँदै उहाँले सिवाईसी लघुवित्तले ग्रामिण भेगका महिलाहरुलाई आयआर्जनको क्षेत्रमा लगनशिल बन्न प्रेरित गरेकाृमा प्रशंसा गनुर्सभयो ।

कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय अध्यक्ष तथा सिवाईसीका संस्थापक चण्डी प्रसाद शर्मा पौडेलले लघुवित्त प्रति नकारात्मक धारणा बन्दै गएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । सदस्यहरुलाई सहज रुपमा ऋण प्रदान गरी उद्दमशिलता तिर उन्मुख गराएका लघुवित्तलाई आरोप लगाउनेहरुले ऋण खाएर तिर्दिन भन्न नमिल्ने भन्दै उहाँले आफूले सक्नेजती मात्रै ऋण लान र त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र शर्माले सहसजकरण गर्दै प्रत्येक केन्द्रमा भएका समस्याबारे छलफल गर्नुपर्ने बताउनुभयो । कुनैपनि एक सदस्य खराब भए समग्र समुह नै खराब देखिने भएकाले सबै सदस्यहरु जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा

कार्यक्रममा सिवाईसी नेपाल लघुवित्त कुश्मिसेरा शाखाका सबै सेवाकेन्द्रबाट प्रमुख र उप प्रमुखहरुको सहभागिता रहेको थियो । सिवाइसी नेपाल लघुवित्त वित्तीय सस्थाका प्रवन्ध संचालक डोलिन्द्र प्रसाद शर्माको अध्यक्षता र प्रवन्धक संगिता शर्मा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा उत्कृष्ट केन्द्र, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, असल ऋणी सदस्य, जनप्रतिनिधि, उद्यमी सदस्य लगायतलाई सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्