२३ बैशाख २०८१, आईतवार

 

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा

पोखरा । नेपाल उद्योग वणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको लागि अञ्जन श्रेष्ठले आफ्नो टिमसहित उम्मेदवारीको घोषणा गरेका छन् । चैत २८ र २९ मा हुने महासंघको निर्वाचनको लागि उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

महासंघको जिल्लागत उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल श्रेष्ठको उम्म्दवारी रहने श्रेष्ठले जानकारी दिनु भयो । यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले वैशाखदेखि महासंघको नेतृत्व गर्दैछन् ।

३ वर्षे कार्यकाल रहने महासंघको विधानमा व्यवस्था छ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ ।घोषणापत्रसहित पुनः पूर्ण टिम सार्वजनिक गरिने श्रेष्ठले घोषणा कार्यक्रममा जानकारी दिनु भयो ।

अहिलेको उद्योगी, व्यवसायीहरुका मुख्य समस्या भनेको बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर रहेको र त्यसको समाधानको लागि आफूले गम्भीर प्रयत्न गर्ने बताउनु भयो ।अन्जन श्रेष्ठ अहिले महासंघका वस्तुगत उपाध्यक्ष हुन्।

उनले उमेशलाल श्रेष्ठलाई चुनावमा हराएर यसअघि वस्तुगत उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी नेपालको ठूलोमध्येको एक व्यावसायिक घराना लक्ष्मी ग्रुपका निर्देशक हुन्। लक्ष्मी ग्रुपले विभिन्न उद्योग र व्यवसायीक क्षेत्रहरुमा लगानी गरेको छ।

उनले महासंघको २० वर्षको अनुभव र अभ्यास संगालेका छन्। १५ वर्ष कार्यसमिति र एक कार्यकाल पदाधिकारीमा बसेर श्रेष्ठले महासंघको विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेको अनुभव समेत छ।

प्रतिक्रिया दिनुहोस्