१६ बैशाख २०८१, आईतवार

 

नि:शुल्क मलेसिया जान चाहने युवाको लागि बागलुङमा पूर्वछनौट अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ । रोजगारीको लागि निस्शुल्क मलेसिया जान चाहनेको युवाहरुको लागि आइतबार बागलुङमा पूर्व छनौट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार आकषर्ण इन्टरनेशनल प्रालि काठमाण्डौको आयोजनामा बागलुङ बजारको जोजोलप्पा व्याङ्क्वेटमा पूर्व छनौट अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

शुन्य लागतमा मलेसियामा जान चाहने महिला पुरुषको लागि लक्षित गरी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आकषर्ण इन्टरनेशनल प्रालिका संचालक विष्णु केसीले बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा करिव एक सय जना सहभागी भएकोमा र ८१ जना अन्तरवार्तामा सहभागि भएका थिए ।

त्यस मध्य २५ जना छनोट भएका छन् छनोट भएकाहरुको आगामी २१ गते काठमाण्डौमा कम्पनी प्रतिनिधिको उपस्थितिमा छनोट परीक्षा हुने र छनोट भएका नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

केसीका अनुसार छनौट भएका कामदारको मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी नेपाल सरकारले मलेसिया सरकारसँग श्रम समझदारी गरेको छ ।

मलेसियाको माइक्रो मेमेरी कम्पनीले ४ सय जना पुरुष र १ सय जना महिला कामदार माग गरेकोले बागलुङमा अभिमुखीकरण कार्यक्रम गरि योग्यता पुगेका युवा युवती छनोट गरिएको केसीले बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा आकषर्ण इन्टरनेशनल प्रालिका पव्लिक रिलेशन अफिसर पुस्कर खड्कले सहजिकरण गर्नु भएको थियो ।

जिम्मेवार कम्पनी मार्फत कामदारको माग भएको र न्युनतम तलब ५० हजार छ । यसको लागि सामान्य भाषा जानेको र लगनशिल कामदारको माग भएको केसीले बताउनु भयो ।उनले मलेसिया गएका श्रमिकको भर्ना प्रक्रिया पारदर्शी भएको बताउनु हुँदै ‘हामीले श्रमिकहरूको सम्पूर्ण हक, अधिकार र सुरक्षाको प्रत्याभूति गराई वैदेशिक रोजगारीमा पठाएका छौं ।’

‘श्रमिक विदेश जाँदा मेडिकल परीक्षण, भिसा, टिकट, , कल्याणकारी कोष, बिमा, सामाजिक सुरक्षा कोषसहित अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा खानबस्नको व्यवस्था, आउने–जाने गाडी भाडा र राहदानीबापतको शुल्कसमेत श्रमिकलाई भुक्तानी गरेका छौं, ‘यसको सम्पूर्ण अडिट रोजगारदाताबाट नै भएको’ केसी भन्नु भयो ।

‘न्यायोचित भर्ना प्रक्रियामा लागेका म्यानपावर कम्पनीलाई श्रम र परराष्ट्र मन्त्रालय, विभाग, दूतावास र सरोकारवाला निकायहरुबाट आवश्यक सहयोग, समन्वय, प्रोत्साहन र दक्षता अभिवृद्धीमा विशेष ध्यान दिनु पर्छ ।’ केसीले भन्नु भयो ।

‘शून्य लागतको प्रक्रियाबाट श्रमिक वैदेशिक रोजगारीमा जाँदा उनीहरुको घर परिवारमा आर्थिक भार पर्दैन भने राज्यको ढुकुटीमा समेत टेवा पुगेको छ,’ ‘हाम्रो कम्पन्नीले रोजगारदाता पे मोडल’ मा काम गरेका छौं, आफूहरूले श्रमिकबाट नभई रोजगारदाताबाट नै आधा महिनाको पारिश्रमिकबापत सेवाशुल्क पाउने गरेको’ केसीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्