२ जेष्ठ २०८१, बुधबार

 

कसरी अमेरिकी प्रतिबन्धहरू युद्धको उपकरण बनेका छन् : भेनेजुयलाको अध्ययन

मार्च २६, २०२२ का दिन एक वृद्ध व्यक्ति फ्रान्सिस्को भेनेजुयलाको राजधानी काराकसबाट लगभग आठ घण्टाको दूरीमा रहेको बोलिभारको एक सार्वजनिक अस्पतालको ओछ्यानमा सुताइए । उनी आफ्नो पेटमा अस्वभाविक मात्रामा बढी तरल पदार्थ भरिएकोले डाक्टरबाट उपचार पाउन पङ्खा वा वातानुकूलित (एयर कन्डिसनर) नभएको गरम कोठामा २४ घण्टाभन्दा बढी समयदेखि पर्खिरहेका थिए ।

त्यतिखेर उनी दुब्लो न दुब्लो भइसकेका थिए, डाक्टरलाई पर्खँदै उनले आफ्नो हात फैलाइराख्दा उनको छाला उनको हड्डीहरूमा टाँसिएको थियो ।अन्ततः डाक्टरले परीक्षणपछि प्रेस्क्रिप्शन फ्रान्सिस्कोको परिवारलाई दिए र अस्पतालमा चाहिने औषधि नभएको पनि दुःखपूर्वक बताए ।

फ्रान्सिस्कोको परिवारले ती औषधि अस्पताल बाहिरका फार्मेसीहरूमा आफैँ खोज्ने प्रयास गर्नुप¥यो । प्रेस्क्रिप्शनमा लेखिएको औषधिको मूल्य जम्मा ३५ अमेरिकी डलर थियो (जुन हाल भेनेजुयलामा धेरैको मासिक आम्दानीभन्दा बढी रहेको छ), ५ डलर त उनको परिवारले पहिले नै सलाइन पानी किन्नमा खर्च गरिसकेको थियो – जुन अस्पतालमा निःशुल्क पाइनुपथ्र्यो तर अस्पतालमा सकिइसकेको थियो ।

सार्वजनिक फार्मेसीहरू देशभरका धेरै ठाउँहरूमा सर्वसुलभरूपमा भए पनि त्यहाँ सधैँ आवश्यक औषधिहरू हुँदैन वा यदि तिनीहरूले सरकारको अनुदानप्राप्त सबैभन्दा कम मूल्यमा औषधिहरू उपलब्ध भए पनि धेरैले खरिद गर्न सक्दैनन्, जुन औषधि कुनै बेला पूर्णतया निःशुल्क थिए ।

वास्तवमा संयुक्त राष्ट्रसङ्घका एक विशेष प्रतिवेदनकर्ता एलेना डौहानले २०२१ मा रिपोर्ट गरेकी थिइन् कि भेनेजुयलाले आवश्यक औषधिको ८५ प्रतिशत अभाव अनुभव गरिरहेको छ ।

भेनेजुयलाको राष्ट्रिय औषधि महासङ्घका अनुसार २०१७ देखि अमेरिकी ‘अधिकतम दबाब अभियान’ को एक भागको रूपमा लगाइएका र बढ्दो कडाइ गरिएका प्रतिबन्धहरूको परिणामस्वरूप उच्च लागत लाग्ने उपचारहरू विशेषगरी मुटुको शल्यक्रिया, डायलिसिस र क्यान्सर उपचारमा बहुसङ्ख्यक भेनेजुयालीहरू पहुँच बाहिर पुगेका छन् ।

प्रतिबन्धले सिर्जना गरेका कठिनाइकै कारण भेनेजुयलामा दर्ता भएका डाक्टरहरूको सङ्ख्यामा ४५.७ प्रतिशतले कमी आएको अनुभव गरिएको छ । धेरै चिकित्सकहरू अन्य विज्ञ स्वास्थ्यकर्मीहरू पैसा कमाउन संरा अमेरिका, क्यानाडालगायत विकसित देशमा पुगेका छन् ।

सार्वजनिक अस्पतालहरूमा दक्ष चिकित्सक र जनशक्तिको अभाव ५० देखि ७० प्रतिशत पुगेको छ र ८० प्रतिशतसम्म सरकारी अस्पतालका उपकरणहरू जीर्ण अवस्थामा पुगेका छन्, ती उपकरणका धेरैजसो पार्टजपुर्जाहरू हराइरहेका छन् ।

ती उपकरणहरू विगतको कुनै समयमा संरा अमेरिकाबाट आयात गरिएका थिए । अहिले अन्य देशहरूबाट उपकरण खरिद गर्ने कार्यमाथि अमेरिकी प्रतिबन्धहरूद्वारा अवरुद्ध गरिएको छ, जसले अन्य देशहरूलाई भेनेजुयलासँग व्यापार गर्नबाट रोक्छ ।

भेनेजुयलासँग व्यापार गर्ने विदेशी कम्पनीहरूलाई समेत समान प्रतिबन्धहरू लगाएर सजाय दिने गरिएको छ ।फ्रान्सिस्को बसेकै कोठामा बसेर उपचार गराइरहेका एक व्यक्तिको एक निजी क्लिनिकमा गलत उपचार भएको थियो र शल्यक्रियापछि फोक्सो बिग्रिएको थियो ।

निजी क्लिनिकमा उनले उपचार पाउनका लागि दैनिक १,००० अमेरिकी डलर खर्च गर्नुपरेको थियो र एक्स–रे मेसिन नभएको र काम गर्ने उपकरण भएको निजी प्रयोगशाला खोजेर परीक्षण गर्नुपर्दा थप पैसा तिर्नुपर्ने अवस्था पनि भएको थियो ।

अस्पतालमा एउटा मात्र ह्वीलचेयर भएको र कर्मचारीको अभाव भएकोले उनी हिँड्न सक्ने अवस्थामा नभएकोले उनको परिवारले पनि यातायातको व्यवस्था गर्नुपरेको थियो ।यसैबिच दुई हप्तापछि अप्रिल १२ मा फ्रान्सिस्कोको मृत्यु भयो ।

उनलाई आवश्यक चिकित्सा परीक्षणहरू गर्न आवश्यक साधन प्राप्त गर्न उनका छोरा र बुहारी असमर्थ भए र ती साधनबिना उनको अवस्थाको निदान र उपचार गर्न सम्भव भएन ।एकै वर्षमा भेनेजुयलामा अमेरिकी प्रतिबन्धका कारण फ्रान्सिस्कोजस्ता ४०,००० मानिसको मृत्यु भयो ।

अमेरिकी प्रतिबन्धले त्यस देशको औषधि आयात गर्ने र सुन र तेलजस्ता प्रमुख निर्यात वस्तुहरू निर्यात गर्ने क्षमतालाई ध्वस्त पारेको छ । अर्थतन्त्रलाई पक्षघात पारेको छ र आधारभूत आवश्यकताहरू पूरा गर्ने देशको क्षमतालाई ठप्प पारेको छ ।

सोही वर्ष मधुमेह, क्यान्सर, एचआईभी, मृगौला रोग र अन्य उपचार योग्य अवस्थाहरूको लागि आवश्यक औषधिहरू एक वर्षभन्दा बढी समयसम्म प्राप्त गर्न नसक्दा अन्य ३००,००० मानिसहरू मर्ने जोखिममा थिए ।

धेरैले पहुँचयोग्य औषधिको खोजीमा देश छोडेका छन्, जबकि धेरैको मृत्यु भएको छ, जस्तै रोम्पिएन्डो ला नोर्माका एलेक्सिस बोलिभारले एचआईभी,एड्स भएकाहरूको मामलामा रिपोर्ट गरे, जसको असर एलजीबीटीक्यु ९ीन्द्यत्त्त० समुदायले असमानतापूर्वक सहनुपरेको छ ।

मैले बिरामीका परिवारका सदस्यहरू, घाटामा गएका उद्योगका मजदुरहरू र देशभरका कम्युनका सदस्यहरूलगायत सबै राजनीतिक अनुशासनका मानिसहरूबाट सुनेका कुरा घटनाक्रमसँग मेल खान्छ । डोनाल्ड ट्रम्पको नेतृत्वमा भेनेजुयलाविरुद्ध संरा अमेरिकाले आफ्नो अधिकतम दबाब अभियानलाई बढाएको वर्ष, कथितरूपमा देशको लोकतन्त्र र निर्वाचन प्रक्रियामा मानवअधिकारको चिन्ताले प्रेरित गरेको थियो ।

तर, यो बयानबाजी मात्र होइन, बारम्बार गलत सावित भएको छ । ट्रम्प आफैँले अमेरिकाको मानव अधिकारको चिन्ताको मिथकलाई अन्त्य गरे ।जुन २०२३ मा खुलासा गरे, “जब मैले राष्ट्रपति कार्यालय छोडेँ, भेनेजुयला पतन हुने तयार अवस्थामा थियो ।

हामीले यसलाई नियन्त्रणमा लिने थियौँ । हामीले त्यस देशको सबै तेल पाउने थियौँ । यो गुप्तरूपमा भेनेजुयलामा प्रजातन्त्रको बहानामा भएको हुन्थ्यो ।”यो खुलासाले चार वर्ष पहिले उनको विदेशमन्त्री माइक पोम्पेओले गरेको कथनलाई प्रतिध्वनित ग¥यो कि “हामी सधैँ कामना गर्दछौँ चीजहरू द्रुत गतिमा जान सकून् ।‘ घेराबन्दी कडा हुँदैछ, मानवीय सङ्कटको अवधि बढ्दैछ ।‘ तपाईंले बढ्दो कष्ट र पीडा देख्न सक्नुहुन्छ । जसबाट भेनेजुयलाका जनता पीडित छन् ।”

छत्तीस अन्य तेल उत्पादक देशहरूको द्विपक्षीय अध्ययनको आधारमा, अर्थशास्त्री र विपक्षी समर्थक फ्रान्सिस्को रोड्रिग्वेजले भेनेजुयलाको तेल क्षेत्रमा समस्या ट्रम्पको २०१७ का पूर्ण प्रतिबन्धहरूबाट सुरु भएको फेला पारे ।

“भेनेजुयलाको तेल उत्पादनमा आएको स्खलन एक आयामको हो, जुन शासन परिवर्तनका लागि हतियारका रूपमा मात्र देखिए । तेल क्षेत्रहरू ध्वस्त पारिए, त्यस अवधिमा भेनेजुयलाजस्तै राजनीतिक घटनाक्रम भोग्ने एक मात्र देश यमन थियो । यमनको तेल क्षेत्रहरू साउदीको बम आक्रमण अभियानको निशानामा थिए ।”

अर्को वर्ष जारी गरिएको तथ्याङ्कअनुसार, संरा अमेरिकाले लगाएको प्रतिबन्धले सरकारको राजस्व प्रतिबन्धहरूअघिको भन्दा १ प्रतिशत मात्रै बाँकी रह्यो । अर्को शब्दमा राजस्व ९९ प्रतिशतले घट्यो । २०२३ को सरकारी रिपोर्टले अनुमान गरेको छ कि ‘सन् २०१५ देखि, भेनेजुयलाले प्रतिवर्ष औसत ४४० बिलियन अमेरिकी डलर गुमाएको छ ।’

भेनेजुयलाको राज्यनियन्त्रित तेल कम्पनी–पीडीभीएसए ९एम्ख्क्ब्० देशको अधिकांश सामाजिक खर्चको स्रोतको उत्पादन अमेरिकी नाकाबन्दीको परिणामस्वरूप जनवरी २०१५ देखि जुन २०२० सम्म ८७ प्रतिशतले घट्यो ।

स्थिति अलिकति सुधार भएको छ, तर सामाजिक कार्यक्रमहरूको लागि कोष प्राप्त गर्ने सरकारको क्षमता अमेरिकी नाकाबन्दीको परिणामको रूपमा पहिले जुन मात्रामा थियो त्यसको निकै कम मात्र रहेको छ ।

प्रतिवेदनले बताउँछ – “यद्यपि, देशले २०२१ र २०२२ को बिचमा थोरै रिकभरी ९पुनरुत्थान० अनुभव गरेको छ । तर, पछिल्लो वर्षको आयले भेनेजुयलाले आर्थिक आक्रामकता सुरु भएको वर्षमा प्राप्त गरेको आर्थिक तथ्याङ्कको १० प्रतिशतमात्र प्रतिनिधित्व गर्दछ ।”

अर्थशास्त्री पास्क्वालिना कर्सियोले भनेजस्तै सन् २०१६ देखि २०१९ सम्मको आर्थिक युद्धका कारण गुमेको स्रोतसाधनले मात्रै ‘४५ वर्षसम्म पर्याप्त खाद्यान्न र औषधि आयात गर्न पर्याप्त स्रोतहरू’ वा स्वास्थ्य प्रणाली ९सार्वजनिक र निजी दुवै० को लागि २९ वर्ष कोष उपलब्ध गराउन सक्थ्यो ।

यसबाहेक रोड्रिग्वेजले भेनेजुयलाको स्वास्थ्य, पोषण र खाद्य सुरक्षा सूचकहरूमा गहिरो गिरावट १९५० पछिको युद्धकाल बाहिरको सबैभन्दा ठूलो आर्थिक पतनसँगै देखापरेको उल्लेख गरे । प्रतिबन्ध लगाइएको वर्षमा मृत्युदरमा ३५ प्रतिशत वृद्धि भएको थियो ।

मार्च २०२० सम्म, पूर्व संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिवेदक अल्फ्रेड डे जायासले अनुमान लगाए कि प्रतिबन्धहरूको परिणामस्वरूप एक लाख ९१००,०००० भेनेजुयालीहरूको मृत्यु भएको थियो ।

फ्रान्सिस्कोलाई भर्ना गरिएको अस्पतालमा देशभरका अरूहरूमा जस्तै एक समय भेनेजुयलामा गुणस्तरीय डाक्टरहरूको साथ एक बलियो, निःशुल्क र राम्रोसँग औषधि भण्डार गरिएको सुविधा थियो र त्यसले यसका बिरामीहरूको हेरचाह गर्ने देशमा सबैभन्दा उच्च अभिलेख बनाएको थियो ।

विश्वमा मानव विकास सूचकाङ्कमा भेनेजुयलाको स्थिति निकै राम्रो थियो । यस्तो किनभने, १९९९ मा बोलिभारियाली क्रान्तिपछि सरकारले सामाजिक खर्चमा आफ्नो स्रोतको ७५ प्रतिशत विनियोजन गरेको थियो, जुन यो पहिलेको भन्दा ५९० प्रतिशतले बढेको थियो ।

यी कार्यक्रमहरूमध्ये, ठूलो मात्रामा तेल राजस्वबाट वित्तपोषित, भेनेजुयलाको ३५५ नगरपालिकाहरूमध्ये ३२० मा स्वास्थ्य क्लिनिकहरू स्थापना गर्ने मिसन ब्यारियो एडेन्ट्रो सञ्चालन गरिएको थियो भने मिशन सोनरिसाले निःशुल्क दन्त हेरचाह प्रदान गरेको थियो । मिसन मिलाग्रोले लगभग तीन लाख ९३००,०००० भेनेजुयलाहरूको आँखाको ज्योति पुर्नस्थापना गर्दै र १० लाखलाई आँखाको शल्यक्रिया प्रदान गरेको थियो ।

अगस्ट २०२३, इजाक्वेल जामोरा कम्युन अगाडि मोबाइल डेन्टिस्ट क्लिनिममा निःशुल्करुपमा दाँतको उपचारका लागि पर्खँदै बालबालिका । मोबाइल डेन्टिस्ट क्लिनिकले सरकारको लगानीमा स्थानीय जनताको नियमितरुपमा निःशुल्क दाँतको उपचार गर्छ ।

तर यी कार्यक्रमहरू र अन्य धेरैलाई भेनेजुयलाको अर्थतन्त्रको अमेरिकी विध्वंसकारी कदमले चकनाचुर पारेको थियो । पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले शासन परिवर्तनको रणनीतिको मुख्य भागको रूपमा ‘अर्थतन्त्रलाई ध्वस्त पार्ने’ पुरानो मन्त्र जगाएका थिए ।

एक स्वतन्त्र विशेषज्ञले २०१८ को संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनमा लेखेका छन्, “आधुनिक समयको आर्थिक प्रतिबन्ध र नाकाबन्दीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्ने उद्देश्यले मध्य युगमा गरिने शहरहरूको घेराबन्दीसँग तुलना गर्न सकिन्छ ।

एक्काइसौँ शताब्दीको प्रतिबन्धले एउटा सहर मात्र होइन, सार्वभौम देशहरूलाई घुँडा टेकाउने प्रयास गर्छ ।”तीन वर्षपछि, संयुक्त राष्ट्र सङ्घीय विशेष प्रतिवेदक डौहानले भेनेजुयलामा एकपक्षीय जबरजस्ती उपायहरूको प्रभावको बारेमा एउटा रिपोर्ट जारी गरिन् ।

उनको प्रतिवेदनको निष्कर्षमा, अन्य मुख्य बुँदाहरूमध्ये, “२०१८ बाट थालिएका प्रतिबन्धहरूको कडाइले विभिन्न सामाजिक सुधारहरूको सकारात्मक प्रभाव र राज्यको वित्तपोषण कायम राख्ने क्षमतालाई कमजोर पारेको छ ।

पूर्वाधार र सामाजिक कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिन असमर्थ बनाएको छ । – प्रतिवेदनले औँल्याएको छ । उदाहरणका लागि यी प्रतिबन्धहरूको परिणामस्वरूप, देशको सबैभन्दा आधुनिक र ९० प्रतिशत बालबालिकाको मुटुको शल्यक्रिया सञ्चालन गर्ने बालबालिकाको मुटु अस्पतालले सन् २०१५ को तुलनामा २०२० सम्ममा ९४ प्रतिशतले शल्यक्रिया घटाएको छ ।

यसैबीच, राजधानी बाहिरका बालबालिकाहरूको उपचार गर्ने मुख्य अस्पताल, काराकसको जेएम डे लस रियोस बाल अस्पतालमा यसका ३४ विशेषज्ञ क्षेत्रहरूमध्ये धेरैमा उपचार अब उपलब्ध छैन ।
अस्पतालमा आधारभूत औषधि, चिकित्सा उपकरण र उपकरणहरूको अभाव छ, र अब बिरामीहरूलाई खाना उपलब्ध गराउन सक्दैन ।

ओन्कोलोजी र हेमाटोलोजी सेवाहरू चाहिने बिरामीहरूले पूर्ण उपचार प्राप्त गर्न सक्दैनन्, जसले परिवारहरूलाई अन्यत्र पूरक उपचार खोज्न बाध्य पारेको छ — यदि उनीहरूले यो खर्च गर्न सक्छन् भने । यहाँ फेरि, गरिबहरू सबैभन्दा बढी प्रभावित छन् ।

जुलाई २७, २०२३ मा, डा। इसाबेल इटुरिया बाल कार्डियोलोजी अस्पतालका निर्देशक डा गिल्बर्टो रोड्रिगेज ओचोआ आफ्नो अस्पतालमा देशभरका बालबालिकाको शल्यक्रिया गर्छिन् र उनका ८५ प्रतिशत बिरामीहरू अन्तरदेशीयबाट आएका हुन्छन् ।

डा ओचाआले अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डललाई भनिन् – जनन्यायाधिकरणको आदेशअनुसार थप शल्यक्रिया गर्न थालेको ९यस वर्ष अहिलेसम्म ४० वटा र विगतमा ९६ प्रतिशत उच्च सफलता हासिल गरेको भए पनि अहिले शल्यक्रियाहरूको सफलता आदर्शभन्दा कम अवस्थामा रहेको छ ।

उदाहरणका लागि, नाकाबन्दी अघि उनीहरूले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकाहरूमा कम आक्रामक र जोखिमपूर्ण मुटुको शल्यक्रिया गर्न क्याथेटरहरू प्रयोग गर्न सक्षम थिए, अब उनीहरूले क्याथेटरहरूविना बच्चाहरूमा धेरै जोखिमयुक्त मुटुको शल्यक्रिया गर्नुपर्नेछ किनभने अमेरिकी नाकाबन्दीको परिणामस्वरूप उनीहरू क्याथेटरहरू किन्न असमर्थ छन् ।

उनी अगाडि भन्छिन् – “बालबालिकाहरूको छाती खोल्न कुनै आरा छैन । हामी हरेक दिन चार बालबालिकाको मुटुको शल्यक्रिया सञ्चालन गथ्र्यौं र हामीलाई चारवटा आरा चाहिन्छ ।हामीसँग दैनिक एउटामात्र आरा उपलब्ध छ ।

हामीसँग थप आरा किन छैन रु किनभने नाकाबन्दीको कारणले थप आरा किन्न असम्भव छ । ‘।। त्यसैले, हामीले एउटा मात्र शल्यक्रिया गर्नुपर्छ, र हामीले छाती खोल्न अहिले बाहिरी चक्कु प्रयोग गर्नुपर्छ, जुन पद्धति हामीले धेरै वर्ष पहिले प्रयोग गर्न बन्द गरिसकेका थियौंँ ।

यसले खराब परिणाम ल्याउन सक्छ ।” अन्य शल्यक्रिया गर्ने थियटरहरू अपर्याप्त वातानुकूलित छन्, त्यसैले तिनीहरू यदाकदा सुरक्षित रूपमा सञ्चालन गर्न असमर्थ हुने गर्छन् । “साम्राज्यवादीहरूले हामीलाई केही बेच्ने छैनन्,” उनले हामीलाई भनिन्, अस्पतालले चिकित्सा उपकरणहरू किन्न धेरै असफल प्रयासहरू गरेको स्पष्ट पारिन् ।

भेनेजुयला कुनै पनि हिसाबले पृथक मामला होइन, यद्यपि यो सबैभन्दा गम्भीरमध्ये एक हो । अमेरिकी अर्थ विभागको २०२१ को तथ्याङ्कअनुसार, अमेरिकी प्रतिबन्धहरू गत बीस वर्षहरूमा ९३३ प्रतिशतले बढेको छ । यसको अर्थ विश्व अर्थतन्त्रको झन्डै एक तिहाइ र विश्वका एक चौथाइ देशहरू अमेरिकाको अधीनमा छन् ।

यदि अमेरिकाले ट्याङ्क र बन्दुकले जित्न सक्दैन भने यसले अर्को उपाय गर्छ । त्यो उपाय हो निसानामा परेका देशका जनतालाई निस्सासिन दिने अभियान । त्यस अभियानले त्यस देशमा शासन परिवर्तनलाई तीव्र पार्नेछ ।

दशौँ हजारको हत्याको बाबजुद र दैनिक जीवनका तथ्याङ्कहरू युद्धक्षेत्रसँग मात्र तुलना गर्न सकिने स्थितिमा पुगेपनि प्रतिबन्धहरूले भेनेजुयालीहरूको जीवनबाट न खुशी हटाउन सकेका छन्, न त तिनीहरूले शासन परिवर्तनको उद्देश्य पूरा गर्न सकेका छन् ।

औसत भेनेजुयालीहरू विनाशकारी अमेरिकी नाकाबन्दीको परिणामस्वरूप उनीहरूको जीवन धेरै नराम्रो हुन सक्छ भन्ने जानकारी हुँदाहुँदै नाकाबन्दीले भेनेजुयलाका प्लाजाहरूलाई सङ्गीत, थिएटर र हलचल जीवनले भर्नबाट रोक्न सकेको छैन ।न त त्यसले त्यहाँका मानिसहरूको न्यानोपन, चतुरता र लचिलोपनलाई बाधा पु¥याएको छ, जुन प्रवृत्तिले हिंसा गर्न अस्वीकार गर्दछ ।

(लेखिका ट्राइकन्टिनेन्टलः इन्स्टिच्युट फर सोसल रिसर्चका प्रकाशन निर्देशक साथै एक आयोजक र कार्यकर्ता हुन् ।)
–एमआरअनलाइनमा अगस्ट १८, २०२३ मा प्रकाशित
अनुवाद  प्रकाश, अनलाइनमजदुरबाट

प्रतिक्रिया दिनुहोस्