१८ बैशाख २०८१, मंगलवार

 

अमेरिकी साम्राज्यको ओरालो लाग्दो अवस्था

प्रोफेसर रिचर्ड वुल्फ अमेरिकन मार्क्सवादी अर्थाशात्री हुन्। उनी अमेरिकाको म्यासेचुसेट्स युनिभर्सिटीका प्राध्यापक हुन्। मार्क्सवादी अर्थशास्त्रको क्षेत्रमा गरेको योगदानका कारण प्रोफेसर रिचर्ड वुल्फ प्रख्यात छन्। त्यसका अलावा श्रमिक स्व-व्यवस्थापन र सहकारीको पक्षमा उनले गर्ने गरेको पैरवीको कारण पनि उनी चर्चित छन्।

प्रोफेसर वुल्फलाई आर्थिक प्रणाली र वर्ग सम्बन्धको विश्लेषणमा दिएको उल्लेखनीय योगदानका कारण अर्थशास्त्रको क्षेत्रमा विशिष्ट रुपमा चिनिन्छ। अमेरिकाको चर्चित पत्रिका टाइम्सले प्रोफेसर रिचर्ड वुल्फलाई ुअमेरिकाको सबैभन्दा अग्रणी मार्क्सवादी अर्थशास्त्रीु भनेर संज्ञा दिएको थियो।

प्रोफेसर रिचर्ड वुल्फका डेमोक्रेसी एट वर्कस् क्युर फर क्यापिटालिजम, अन्डर स्ट्यानडिंग मार्क्सिजम जस्ता पुस्तक थुप्रै पुस्तकहरु प्रकाशित छन्।आरोलो लाग्दो अमेरिकी साम्राज्यबारे उनले व्यक्त गरेको विचार निक्कै मननीय र सान्दर्भिक रहेकोले यहाँ प्रस्तुत गरेका छौं ।

अमेरिकीहरुले अहिलेसम्म आफ्नो दिमाग लगाउन नसकेको विषय के हो भने यसअघिका अन्य सबै साम्राज्यहरु जस्तै अमेरिकी साम्राज्य पनि अहिले खुम्चिइरहेको छ । प्रत्येक साम्राज्यहरु अत्यन्तै प्रभावकारी ढंगले उत्थान हुन्छन्, तिनीहरु फल्छन्–फुल्छन्, बढ्छन् । शिखरमा हुँदाखेरि उनीहरुले यो सोच्न पनि सक्दैनन् कि यो सधैंको लागि टिकिरहन सक्दैन ।

कुनै पनि साम्राज्य सदासर्वदाका लागि टिकेको छैन । ग्रिक, रोमन, पर्सियन, टर्किसलगायत सबै साम्राज्यहरु उत्थान भएर शिखरमा पुगेका छन् र तिनीहरु तल झरेका पनि छन् । तिनीहरु माथि चढ्छन् र झर्छन् पनि । अहिले अमेरिकी साम्राज्य ओरोलो लाग्दो अवस्थामा छ ।

कुनै पनि साम्राज्य सदासर्वदाका लागि टिकेको छैन । ग्रिक, रोमन, पर्सियन, टर्किसलगायत सबै साम्राज्यहरु उत्थान भएर शिखरमा पुगेका छन् र तिनीहरु तल झरेका पनि छन् । तिनीहरु माथि चढ्छन् र झर्छन् पनि । अहिले अमेरिकी साम्राज्य ओरोलो लाग्दो अवस्थामा छ ।

सबैभन्दा राम्रो के हुन्छ भने अहिले हामी अत्यन्तै सावधान हुनुपर्छ । वास्तविकतालाई इन्कार गर्नु समस्याको समाधान होइन । तपाईंले यो भइरहेको छैन भनेर प्रदर्शित गर्दैमा यो हटेर जाने होइन ।

हामीले हप्तैपिच्छे देखिरहेको डलरको घट्दो साख त्यस्तो एउटा मापदण्ड हो, जसले अमेरिकी साम्राज्यको ओरालो लाग्दो स्थितिलाई देखाइरहेको छ । युक्रेनमा भएको असफलता अर्को उदाहरण हो । हामीले भियतनाम, अफगानिस्तान, इराक कतै पनि विजय प्राप्त गरेनौं । तपाईं विभिन्न २० तरिकाले नाच्न सक्नुहुन्छ तर यही नै वास्तविकता हो ।

मैले को असल र को खराब भनेर तर्क गरिरहेको छैन । मैले के व्याख्या गरिरहेको छु भने हामीले ओरालो लाग्दो अवस्थालाई स्वीकारिरहेका छैनौं तर त्यो भइरहेको छ र त्यसले आफ्नो अनुहार प्रदर्शित गरिरहेको छ ।

खालि हामीले त्यसलाई हेर्न चाहनु मात्रै पर्छ । वास्तवमा हामीले ‘सम्मानजनक ढंग’ले वहिर्गमनका लागि समाधान खोज्न सक्थ्यौं । साम्राज्यले डरलाग्दो विस्फोटका साथ सकिनु पर्छ भन्ने छैन । तिनीहरु ओरोलो लाग्छन् लाग्छन् ।

अमेरिकी साम्राज्यको विकल्पमा को आउँदैछ भन्नेबारेमा मलाई थाहा छैन । त्यो साम्राज्य चीन पनि हुन सक्छ वा त्यो बहुराष्ट्रिय रुपमा पनि उदाउन सक्ला । त्यस दिशामा केही प्रमाणहरु पनि देखापरेका छन् । तर अमेरिकाले त्यो गर्न सक्षम छैन, जुन यसले अहिलेसम्म गर्दै आयो ।

बेलायत तिनीहरुको आदर्श होइन तर दुई दुई पटक स्वतन्त्रताको युद्ध र १८१२ को युद्धमा अमेरिकालाई रोक्ने प्रयास असफल भएपछि बेलायतले महसूस गर्यो, हामीले यसलाई सैनिक बलमा रोक्न सक्दैनौं । तिनीहरुले आफ्नो ओरोलो लगाइबाट आफ्ना शर्तहरुमा अमेरिकी साम्राज्यबाट प्रतिस्थापित भए ।

अमेरिकी साम्राज्यको विकल्पमा को आउँदैछ भन्नेबारेमा मलाई थाहा छैन । त्यो साम्राज्य चीन पनि हुन सक्छ वा त्यो बहुराष्ट्रिय रुपमा पनि उदाउन सक्ला । त्यस दिशामा केही प्रमाणहरु पनि देखापरेका छन् । तर अमेरिकाले त्यो गर्न सक्षम छैन, जुन यसले अहिलेसम्म गर्दै आयो ।

पछिल्ला साम्राज्यहरुले गरेका सबैभन्दा ठूलो गल्ती नै के हो भने तिनीहरुले आफूले धान्ने र सम्हाल्न सक्ने भन्दा पनि बढी हात फैलाउन खोज्यो । मेरो सबैभन्दा ठूलो डर नै के हो भने हामी साम्राज्य पतनको त्यो नाजुक अवस्थामा छौं, जसलाई वास्तविक रुपमा के भइरहेको छ भन्नेबारेको अस्वीकार गराइले बाधित गरिरहेको छ । त्यसले मलाई सधैं त्रसित तुल्याउने गर्छ ।

वास्तविकतालाई अस्वीकार गर्ने यो स्थितिबाट बाहिर आउने र अमेरिकी साम्राज्यको अवसानलाई सम्मानजनक तुल्याउने उपाय भनेको चीन वा चीनसमेतको ब्रिक्ससँग सम्वादमा बस्ने हो । चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, रुसले अत्यन्तै राम्रोसँग काम गरिरहेका छन् ।

अन्य दर्जनौं देशहरुले पनि ब्रिक्समा जोडिनका लागि आवेदन गरेका छन् । उनीहरु आगामी १२ देखि २४ महिनाभित्रमा भीमकाय बन्दैछन् । अमेरिकाले तिनीहरुसँग बसेर आफू बाँच्ने अनि अरुलाई पनि बाँच्न दिने व्यवस्थाको खोजी गर्नेबारे कार्य गर्नुपर्छ ।

वास्तविकतालाई अस्वीकार गर्ने यो स्थितिबाट बाहिर आउने र अमेरिकी साम्राज्यको अवसानलाई सम्मानजनक तुल्याउने उपाय भनेको चीन वा चीनसमेतको ब्रिक्ससँग सम्वादमा बस्ने हो ।

विश्वलाई धेरै थरिका उत्पादनहरुको खाँचो छ । अमेरिका, चीन, ब्राजिल लगायतकाले ती चीजहरु उत्पादन गरेर तिनलाई सर्वत्र समान रुपमा वितरित हुने गरी अहिलेका भन्दा उन्नत र राम्रो संसार निर्माण गर्न सक्छन् ।

ती उत्पादनहरु उत्तरी अमेरिका वा युरोपमा मात्रै वितरित गर्ने औपनिवेशिक विरासतलाई त्याग्नुपर्छ । बरु हामीले आफूलाई पछाडि राख्नुपर्छ र संसारका विभिन्न भागहरुलाई जोड्दै जानुपर्छ । त्यसो गरियो भने साम्राज्यले धान्नै नसक्ने सैनिक उपायहरुको पछि कुद्नै पर्दैन ।

अहिले त्यो उपक्रम शुरु भइसकेको छ ।चीनमाथिको हाम्रो अत्यधिक निर्भरता पहिलेदेखि नै नहुँदो हो त हामीले अत्यन्तै डरलाग्दो कदम चालिसकेको हुनेथियौं । कैयौं दशकअगाडि नै किसिन्जर र निक्सन चीन गए र चीनसँग अमेरिकाको सम्बन्धलाई पुनस्थापित गरे ।

दशवर्षअघिसम्म मात्रै चीन र अमेरिकाले एक अर्कालाई सहयोग गरिरहेका थिए । व्यापक मात्रामा व्यापार भइरहेको थियो र थुप्रै अमेरिकी कम्पनीहरुले चीनमा लगानी समेत गरेका थिए । यस्ता थुप्रै उदाहरणहरु छन् । विगतमा परस्पर सहयोगका साथ हामी रहँदाका वर्षहरु अमेरिकाका लागि समृद्धिका तथा चीनका लागि विशाल आर्थिक बृद्धिका वर्षहरु र गौरवशाली वर्षहरु भएका थिए ।

मेरो अनुभूतिमा हामीले थुप्रै प्राप्त गर्न बाँकी छन् र हामीले भयानक नोक्सानीलाई पन्छाउन सक्छौं । युद्ध निक्कै गम्भीर कुरा हो ।

के हामी ताइवान, चीन, साउथ चाइना समुद्रमा युद्ध गर्न गइरहेका छौं ? यो त्यसबेलामा जतिखेर हामी युरोपमा युद्ध लडिरहेका छौं । के साँच्चैनै हामी आणविक शक्तिसम्पन्न राष्ट्रसँग युद्ध गर्न गइरहेका छौं ? यो पागलपन हो । हामीले त्यसलाई धान्नै सक्दैनौं । हामीले त्यसलाई रोक्नैपर्छ ।

विगतमा परस्पर सहयोगका साथ हामी रहँदाका वर्षहरु अमेरिकाका लागि समृद्धिका तथा चीनका लागि विशाल आर्थिक बृद्धिका वर्षहरु र गौरवशाली वर्षहरु भएका थिए । मेरो अनुभूतिमा हामीले थुप्रै प्राप्त गर्न बाँकी छन् र हामीले भयानक नोक्सानीलाई पन्छाउन सक्छौं ।

अमेरिकाको समृद्धि अन्य देशहरुका लागि हामीसँग मिल्नका लागि एउटा राम्रो प्रोत्साहन हो । ती समृद्धिलाई त्यस दिशामा प्रयोग गरौं चाहे हामी असफल नै किन नहोऔं । अरुलाई तर्साउनु र अमेरिकालाई पतनको गर्तबाट बाहिर ननिकाल्नुभन्दा यस्तो प्रयास गर्नु सार्थक कुरा हो ।

अमेरिकाको पतन जारी छ र उसले आफनो तरवार रुस र चीनका विरुद्ध नचाइरहेको छ । त्यसले अमेरिकाको अवस्था राम्रो भइरहेको छैन । अमेरिका पाँच वर्षअगाडि जुन अवस्थामा थियो, त्योभन्दा झन बेसी एकांगी बन्दै गइरहेको छ । अमेरिका र पश्चिम युरोपले दावी गर्न चाहेजस्तै रुस अछुत राष्ट्र होइन ।

म यो ठीक वा बेठीक हो भनेर बहस गरिरहेको छैन । मैले भन्न चाहेको के हो भने, इमान्दार बनौं र वास्तविकतालाई स्वीकारौं । हामी युक्रेनीहरु समाप्त नहोउन्जेल लडाइँ लडिरहेका छौं । मलाई लाग्छ, त्यो कुनै पनि हालतमा सही कदम होइन ।

दायित्वबोधबाट

 

प्रतिक्रिया दिनुहोस्