बागलुङ । बागलुङको बरेङ गाउँपालिका वडा नं – १ धुल्लुबाँस्कोट र वडा नं- २ हुग्दिशिर संगम स्थल बरेङ बजारमा सञ्चालित बरेङ होजियारी लघु उद्यम समूहको ४५ दिने सीप विकास तालिम सोमबार सम्पन्न भएको छ ।
बरेङ लघु उद्यम शाखा तथा बरेङ गाउँपालिकाको सहयोगमा पुस ६ गतेदेखि सञ्चालित ४५ दिने सीप विकास तालिममा गत वर्ष देखि १० जना महिला उद्यमीहरु मिलेर सञ्चालन गरेको बरेङ होजियारी लघु उद्यमले कपडा उत्पादनमा निरन्तरता दिंदै आई रहेको छ ।
तालिम समापनको आवसरमा बोल्दै ४५ दिने तालिमले निकै उपलव्धि मूलक सीपहरुको विकास भएको समूहमा सहभागी महिला ईन्द्रा बस्यालले बताएका छन् ।
उनले सीप विकास भएपछि उत्पादनमा १० जना महिलाहरुले लगानी गरेको उनका कपडाहरु जस्तै विद्यालयका पोशाकहरु सुईटर, टोपी, मोजा, गलबन्दी लगायत अन्य कपडाहरुले बजार नपाउदा लगानी र आफूहरुको श्रम अनुसार घाटा बेहोर्नु परेको दुखेसो गरेका छन् ।
विद्यालयको पोशाक उत्पादनपछि खरिदको लागि समूहले विद्यालयलाई अनुरोध गर्दा पोशाक खरिदमा आनाकानी गरेको पनि दुःख व्यक्त गरेका छन् । विद्यालयहरुले स्थानीय उत्पादनलाई खासै चासो नदिएकोले लगानी र श्रम अनुसार उत्पादन गरेको पोशाकहरु होजियारीमा नै राख्नु पर्ने बाध्यता रहेको समूहका अध्यक्ष कुमारी थापाले बताएका छन् ।
प्रमुख अतिथि बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बरेङ गाउँपालिकाले समेत लगानी गरेको होजियारीमा स्थानीय उत्पादन गरि स्थानीयमै उपभोग गर्नु पर्ने विभिन्न विधामा नीति तया योजनाको व्यक्तव्य गाउँ सभामा पास गर्ने गरे पनि हालसम्म लघु उद्यम बरेङ शाखा तथा गाउँपालिकाको कार्यक्रमको लगानीले स्थानीयहरुलाई प्रभाव पार्न नसकेको दुःख व्यक्त गरेका थिए ।
गाउँपालिकाले लाखौ वजेट विनियोजन गरेर सामान खरिद, आधारभुत तालिम, सीप विकास तालिमहरु भित्राउदा समेत स्थानीयहरुले चासो नदिँदा समृद्ध बरेङ सुखी बरेङबासीको नारालाई किताब मै सिमित बनाईए जस्तो भैरहेकाले स्थानीय सरकारको लगानीमा बालुवामा पानी खन्याए जस्तै भएको पनि उनले बताएका छन् ।
आम नागरिक उत्पादन र व्यवसायीमुखी बन्नको लागि स्थानीय उत्पादनको खरिद बिक्री तर्फ ध्यान दिई स्थानीय स्तरलाई नै प्रोत्साहन भन्दा व्यापरीहरुको कमिसन पट्टी लालचीत भै नाफा छिटो कमाउने र बाहिर कै सामान उपलव्ध गराउन तछाड मछाड गर्दा स्थानीय उत्पादनमा लागेका कृषक, अन्य लघु उद्यमी व्यवसायीहरुलाई निरासा जगाएको पनि बजारमा देखिएको उनले बताए ।
गाउँपालिका भित्र उत्पादन भएका सामानहरु निर्यात तथा बजारीकरण गर्नको लागि गाउँपालिकाले नीति नियम बनाई स्थानीय सरकार निर्यात तथा आयातको सहजिकरणमा लाग्नु पर्ने अत्यन्तै आवश्यकता देखिएको छ ।
कार्यक्रममा ४५ दिनसम्म तालिमको सहजिकरण गरेका राजेन्द्र प्रसाद महतोले होजियारीको काममा सीप सिक्नलाई अत्यन्तै चासोका साथ सहभागी महिलाहरुले सहभागिता जनाएको भन्दै सिकेको सिपको सदुपयोग गर्न बताएका छन् ।
कार्यक्रम बरेङ गाउँपालिका वडा नं-१ का वडा अध्यक्ष नरसेङ पुनको अध्यक्षता, बरेङ होजियारी लघु उद्यम समूहका अध्यक्ष कुमारी थापाको स्वागत र बरेङ लघु उद्यम सहजकर्ता सुरेन्द्र रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
इपरिन्युजबाट













































































































































































































