८ कार्तिक २०८३, शनिबार

 

गुराँस विद्या सदनको तीज सांस्कृतिक प्रतियोगिता र दर खाने कार्यक्रम सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका-३ गुठीमा रहेको गुराँस विद्या सदनको तीज सांस्कृतिक कार्यक्रम र दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार विद्यालयमा आयोजित कार्यक्रममा २४ समूहले भाग लिएको थियो ।

प्रतियोतिमा प्राथमिक तह अन्तर्गत १२ समूहमध्ये चार उत्कृष्ठ समूहलाई र माविको तहको १२ समूह मध्ये चार समूहलाई नगद, ट्रफि र प्रमाणपत्र विद्यालयका प्रिन्सिपल निशान खड्काले प्रदान गर्नु भएको थियो

। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई दर खुवाउनुको साथै नाचगान समेत गराइएको थियो ।

कार्यक्रम गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काको अध्यक्षता र शिक्षक विपिन थापाको सञ्चालनमा सम्पन्न्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung