बागलुङ। फलेवास नगरपालिकाकाले अण्डामा आत्मनिर्भर हुने कार्यक्रम अन्तर्गत किसानलाई चल्ला र कुखुरा पाल्न चाहिने सामग्रीहरु वितरण गरिएको छ ।
नगरपालियकाले सूचना प्रकाशित गरेर निवेदन दिएका सबै अगुवा किसानहरुलाई कुखुरापालन व्यवसायमा आकर्षित गर्न र किसानको आर्थिक व्यवसायमा सहयोग पुर्रयाउन चल्ला र चल्ला पाल्न चाहिने औषधी, पानी र दाना खुवाउने प्लाष्टिकका भाडाहरु उपलब्ध गराइएको हो ।
फलेवास नगरपालिकाकाको ११ वटै वडाका किसानलाई उक्त सामग्री उपलब्ध गराएको फलेवास नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्रीले नयाँ विश्वलाई बताइन । उक्त सामग्री मुरकुवा, देवीस्थान, लिमिथाना, पाङराङ, कार्किनेटा, भगरा, थापाठाना र खानीगाउँलगाएतका सबै वडाहरुमा वितरण गरिएको फलेवास नगरपालिकाकाले जनाएको छ ।
कुखुरापालन व्यवसायलाई प्रोत्साहन गरी अण्डामा आत्मनिर्भर हुन र बाख्रा पालन व्यवसायलाई सहयोग गरेर मासुमा फलेवास नगरपालिकालाई आत्मनिर्भर गराउन अभियानका साथ अगाडि बढेको फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले बताउनुभयो ।
गुणस्तरीय अण्डा उत्पादन गर्न कुखुरापालन व्यवसायलाई आधुनिकिरण गर्न र दाना समेत गाउँमै व्यवसायीक रुपमा उत्पादन गर्न किसानलाई तालिम दिने कार्यक्रम ल्याउन पहल थाल्ने फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यले नयाँ विश्वलाई बताउनुभयो ।
अण्डा स्वास्थ्यका दृष्टीले उत्कृष्ट रहेको र यसले नेपालीलाई कुपोषणबाट बचाउन छ । कुखुराको अण्डामा प्रोटिनका साथै क्याल्सियम, फस्फोरस, भिटामिन ए, बी, ई, बी भिटामिन बी १, २, ६, र १२ का साथै खनिज तत्त्व पनि पाइन्छ ।















































































































































































































