३ श्रावण २०८३, आईतवार

 

शुभलाभ बचत तथा ऋण सहकारीको १८औँ साधारणसभा सम्पन्न

बागलुङ । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ साधारणसभा शुक्रबार ज्ञानोदय बुद्ध विहारको सभा हलमा सम्पन्न भएको छ ।

सभामा संस्थाका सचिव हिमालय प्रकाश श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रघुराम भारीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक दिपक ज्योति श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भएको थियो ।सभालाई कार्यक्रमका प्रमुख अतिथि ईश्वर लाल बज्राचार्य, पूर्वसांसद रत्न शेरचन, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

सभामा जेष्ठ सेयर सदस्यबाट ईश्वर लाल बज्राचाय, कमल कुमारी श्रेष्ठ र उत्कृष्ठ बचतकर्ता राधिका भूमि श्रेष्ठ सम्मानित भएका थिए ।

कार्यक्रम शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा, उपाध्यक्ष दुर्वलकाजी राजभण्डारीको स्वागत र सचिव हिमालय प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

२०६४ साल कार्तिक २७ गते ईश्वर बज्राचार्यको नेतृत्वमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १ सय ४९ जना, सेयर पुँजी १ करोड ३३ लाख १ सय रहेको छ । बागलुङ नगरपालिका ३ लालिगुराँस चोकमा कार्यालय रहेको यस सहकारीले ४ जना युवालाई रोजगारी पनि दिएका छ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung