३ श्रावण २०८३, आईतवार

 

युद्धका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य बढ्यो

बागलुङ । अमेरिका–इजरायल र इरानबीचको युद्ध फैलिएपछि तेल ९पेट्रोल०को मूल्य निरन्तर उकालो लागेको छ । शनिबारदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि विश्व तेल र ग्यास मूल्यमा ठूलो वृद्धि भएको हो ।

ब्रेन्ट क्रुड तेलको मूल्य करिब १.९ प्रतिशत बढेर ७९.२५ प्रतिब्यारेल अमेरिकी डलर पुगको छ । अमेरिकी बजारमा व्यापार हुने तेल पनि करिब १.५ प्रतिशतले बढेको छ ।ग्यासको मूल्य ४० प्रतिशतभन्दा बढीले बढेको छ।

इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेको र तेल र ग्यासको पूर्वाधारमाथि हमला जारी राखेकोले एशिया र युरोपको बजार सबैभन्दा बढी प्रभावित हुने आर्थिक विश्लेषकहरूले बताएका छन्।विश्वको एलएनजीको पाँच भागको एक भाग स्ट्रेट अफ होर्मुज हुँदै जान्छ र कतारले आफ्नो एलएनजी निर्यातको ९० प्रतिशत ओमान र इरानबीचको साँघुरो भागबाट ओसारपसार गर्दछ।

तरल प्राकृतिक ग्यास ९एलएनजी० को आपूर्तिमा समस्या आएपछि सोमबार मूल्य अचानक बढेको छ ।

आफ्नो एउटा प्रशोधन केन्द्रमा इरानी ड्रोन आक्रमण भएको खबरपछि कतारले एलएनजी उत्पादन रोकेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung