बागलुङ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को मिति २०८३ असार २५ गते राति १२ बजेसम्मको वित्तीय प्रगति सार्वजनिक गरेको छ।
नगरपालिकाका अनुसार चालूतर्फ ८६.१७ प्रतिशत र पुँजीगततर्फ ७४.७० प्रतिशत खर्च भएको छ। यससँगै समग्र वित्तीय प्रगति ८१.८३ प्रतिशत पुगेको जनाएको छ।
नगरपालिकाले आर्थिक वर्षको अन्तिम चरणसम्म अधिकांश योजना तथा कार्यक्रम सम्पन्न गर्दै लक्ष्यअनुसार खर्च प्रगति हासिल गरेको जनाएको छ।
बाँकी रहेका कार्यक्रम तथा भुक्तानी प्रक्रिया पनि नियमानुसार सम्पन्न गरिने नगरपालिकाले जनाएको छ।













































































































































































































