काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । यस बैंकको शुक्रबार (साउन २२ गते) बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
त्यस्तै, बैंकले अग्राधिकर सेयरधनीका लागि अग्राधिकार सेयर बाँडफाँट भएको मितिबाट २०८३, असारमसान्तसम्म आनुपातिक रुपमा ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
















































































































































































