बागलुङ । सन नेपाल लाइफ इन्स्योरेन्सले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर ९एडीएम० तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान गरेको छ।
पोखरास्थित होटल निवासमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख मार्केटिङ अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले अभिकर्ताको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले योगदान पुर्याउने बताए।
प्रमुख कार्यकारी अधिकृत अर्यालले अभिकर्ता कम्पनीको व्यवसाय विस्तारको प्रमुख आधार रहेको बताए। उनले आगामी दिनमा पनि अभिकर्ताको वृद्धि, विकास, प्रोत्साहन र सम्मानका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख मार्केटिङ अधिकृत चौलागाईंले अभिकर्ता तथा एडीएमले कम्पनीबाट प्राप्त गर्ने सेवा–सुविधा, एडीएमको भूमिका तथा सेवा–सुविधा र सेल्स पोलिसी २०८३र८४ का प्रमुख विषयबारे जानकारी गराए।
उनले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन अभिकर्तालाई आग्रह गरे।
कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्तालाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप उत्साह र ऊर्जा थपेको कम्पनीले जनाएको छ।
सन नेपाल लाइफले देशभर करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास र प्रोत्साहनलाई प्राथमिकतामा राख्ने जनाएको छ।
















































































































































































