१८ भाद्र २०८३, बिहीबार

 

मेदान्ता – द मेडिसिटी हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

बागलुङ । प्रभु बैंकका कर्मचारी तथा परिवारहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई भारत स्थित गुरुग्राम हरियाणा मेदान्ता–द मेडिसिटी हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बाहिरङ्ग सेवा (OPD) मा सबै परामर्शहरु तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुटपाउने भएका छन् ।

त्यसैगरी अन्तरंग सेवा (OPD) मा कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजी जाँचहरुमा मेदान्ता–द मेडिसिटी हस्पीटलको प्रचलित दरमा १५% छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी हस्पीटलका तर्फबाट प्रमुख –कर्पोरेट साझेदारीश्री सत्य चतुर्वेदी र प्रभु बैंक लि.का तर्फबाट कन्टी हेड – भारतश्री सुनिल मिश्राको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

यो सम्झौता१५ अगस्ट २०२६ देखि प्रारम्भ भई १४ अगस्ट २०२८ सम्मकायम रहनेछ ।

प्रभु  बैंकका नेपालभर रहेका ३ सय शाखा कार्यालयहरु, २ सय ६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्फत करिब ३८ लाखभन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung