१४ बैशाख २०८१, शुक्रबार

 

पार्वतीको गाउँमा ‘बटुवा’ [फोटोफिचर]

महेन्द्र केसी/पर्वत । हिमालय पुत्री पार्वतीको गाउँको रुपमा चिनिएको पर्वतको पाङ धार्मिक पर्यटकीय क्षेत्रका रुपमा गनिन्छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले स्नान गर्ने सह्श्रधारा अहिले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात बनेको छ ।

पोखरा बागलुङ भूपी शेरचन राजमार्गकै छेउमा रहेको त्यही सह्श्रधारा अहिले सयौं बटुवाहरुको आवतजावतले भरिभराउ जस्तै देखिन्छ । धार्मिक यात्रामा निस्केका बटुवाहरु अहिले सहश्रधारामा स्नान गरेर मात्रै आफूलाई पुण्य प्राप्त भएको महसुस गर्न थालेका छन् । मुक्तिनाथ धामको यात्रामा निस्केका बटुवाहरु पनि अहिले त्यही सहश्रधारामा स्नान गर्नको लागि रोकिने गरेका छन् ।


धार्मिक यात्रामा निस्केका हुन् वा आन्तरीक पर्यटनका रुपमा भित्रिएका बटुवा हुन् अहिले सहश्रधारामा भीड नै लाग्ने गरेको देखिन्छ ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले त्यही सहश्रधारामा स्नान गरेपछि मात्रै आफ्नो नित्य कर्म गर्ने र कुश्मामा रहेको गुप्तेश्वर महादेवको गुफामा तपस्या, ध्यानमा बस्ने गरेको किम्बदन्ती छ ।


पार्वतीको जन्मथलोका रुपमा चिनिएको पाङ र उनले सधै नित्यकर्म गर्ने सहश्रधाराको झण्डै एक सय मिटर तल ‘बटुवा’ अर्थात् मोटेल डि बटुवा रेष्टुरेन्ट छ । जुन हरेक समयमा ती नै तीर्थ यात्री हुन् वा पर्यटक वा बटुवा । स्वागतको लागि तयारी गरिरहेको छ ।
पाङ स्थायी घर भएका रामजी रिजाल र उनका छोरा बरुण बाबु रिजाल अहिले हिमालय पुत्री पार्वतीकै गाउँमा बटुवा रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

एक करोड भन्दा बढी लगानी
बटुवा रेष्टुरेन्ट निर्माणको लागि एक करोड भन्दा बढी लगानी गरेको उक्त बटुवा रेष्टुरेन्टका संरक्षक रामजी रिजालले बताए । हालसम्म निर्माण कार्यमा एक करोड २० लाख भन्दा बढी खर्च भएको उनले बताए । बटुवा ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । हामीले धार्मिक पर्यटक, आन्तरीक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी यो रेष्टुरेन्ट संचालनमा ल्याउने तयारी गरेका हौं । हाम्रो लक्ष्य बनेको पर्यटकहरुलाई शान्त र मनोरम स्थानमा उत्कृष्ट सेवा दिने हो उनले भने ।

 


होमस्टे देखि बाइकर्स क्लब
रेष्टुरेन्टले होमस्टेदेखि बाइकर्स क्लबसम्म संचालनमा ल्याउने तयारी गरेको छ । होमस्टेमा बस्न रुचाउने पर्यटकहरुको लागि पाङको गाउँमा होमस्टे संचालन गर्ने योजना रहेको बताए । हामीले होमस्टेमा बस्न रुचाउने पाहुनालाई पाङमा होमस्टेमा राख्ने योजना बनाएका छौं रिजाले भने ।


लामो दुरीमा मोटरसाइकलमा हिड्ने यात्रुहरु कही अलपत्र परेमा रेष्टुरेन्टले नै सहयोग गर्ने उद्देश्य साथ नयाँ योजना बनाएको छ । बाइकर्स क्लब संचालन गरेर कही अलपत्र परेका यात्रुहरुलाई आफ्नो बाइक दिने र गन्तव्यमा पुग्न सहयोग गर्नुको साथै विग्रिएको बाइक भएमा सम्बन्धित ठाउँमानै पुगेर सेवा दिने योजना बनाएको उनले बताए ।

हम्पालको पदयात्रा
बटुवा रेष्टुरेन्टले पदयात्रामा निस्कन चाहाने पर्यटकहरुलाई हम्पालसम्मको पदयात्रामा लैजाने योजना समेत बनाएको छ । हम्पाल लेकसम्म पुग्ने पदयात्रीहरुलाई लक्षित गरी व्याकेज तयार गरी हम्मपाल लेकसम्म पदयात्रा गराउने योजना बनाएको बटुवाका संरक्षक रिजालको भनाई छ । हामीले कोही पर्यटक पदयात्रामा निस्कन चाहान्छ भने हामी हम्पालसम्मको पदयात्रा गराउन सक्छौं, त्यसको योजना हामीले बनाएका छौं । पाङ हुदै हम्पालसम्म र त्यहाँ क्याम्प बनाउने त्यसपछि माँझफाँट, धाइरिङ हुदै मिलनचोक झर्ने रुट बनाउने सोच बनाएको उनले बताए ।

बटुवाको किचनमा के छ विशेष ?
ग्राहकलाई प्रभाव पार्ने भनेको हरेक रेष्टुरेन्टको किचनले हो । किचनमा पाक्ने परिकारले नै मानिसहरुको ध्यान सबैभन्दा छिटो आकर्षण गर्छ । परिकारको स्वादमा नै रेष्टुरेन्ट अथवा होटलहरुको पहिचान झल्कने गर्छ।

बटुवाले किचनलाई पनि भेज (साहाकारी) र नन भेज (मांसाहारी) गरी दुई भागमा विभाजन गरेको छ । साहाकारी र मांसाहारी पाहुनाको लागि छुट्टाछुट्टै भान्सा (किचन)को तयारी गरेको छ ।


हामीले किचन पनि साहाकारी र मांसाहारी गरी अलक अलक बनाएका छौं । यहाँ आउने पाहुनाहरुको रोजाई अनुसारको किचनमा नै परिकार तयार हुने गर्छ । एक किचनमा प्रयोग भएको समाग्री अर्को किचनमा प्रयोग हुदैन । पाहुनाले सिधै किचनमा के भैरहेको छ त्यो देख्न सक्छन् उनले भने ।

अहिले बटुवाले स्थानीय उत्पादनलाई नै बढवा दिएको होटल संचालकको भनाई छ । होटलमा पाक्ने हरेक परिकारको लागि आवश्यक समाग्री अग्रानिक र स्थानीय उत्पादनकै रहेको बटुवाले जनाएको छ ।


स्थानीय जेठो बुढो र एक्लेको चामल, खसि, बोका, कुखुरा, च्याङ्ग्राको परिकार होटलले दिने गरेको छ । तरकारी पनि अग्रानिक र स्थानीय उत्पादनकै प्रयोग हुने गरेको होटल संचालकको भनाई छ ।

अन्य के के छ ?

रेष्टुरेन्टमा ९ वटा एट्याच बाथरुम सहितका कोठा, दुई सामान्य हल, एउटा डेढ सय जना अट्ने हल रहेको छ । त्यति मात्रै होइन रेस्टुरेन्टमा कपी सब र दुइ वटा सुइमिङ पुल समेत छ । कुनै पाहुना योगा, ध्यान गर्न चाहान्छ भने त्यसको लागि पनि छुट्टै गुफाको व्यवस्था गरिएको छ । योगा र ध्यान गर्न चाहानेहरुको लागि लक्षित गरी दुई ओटा गुफा कालीगण्डकी नदिको तिरमा तयार गरिएको छ ।

बिज भलिबलको लागि कालीगण्डकी नदिकै किनारामा खेल मैदान समेत निर्माण गरिएको छ । कालीगण्डकी किनारामा रमाउँदै र बिज भलिबल खेल्न चाहानेहरुको लागि समेत रेटुरेन्टले खेल मैदानको व्यवस्था गरेको छ ।

फोटो :महेन्द्र केसी
(बटुवा रेष्टुरेन्टका संरक्षक रामजी रिजालसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्