१४ बैशाख २०८१, शुक्रबार

 

शिवशंकरको रोचक प्रगति: वर्कसपको कामदारदेखि बजाज स्वरुमको मालिकसम्म

- शिवशक्ति ओटोमोवाईलले दिएको छ २० हजारमा नयाँ बाइक चढ्ने अवसर

चितवनको माडी घर भएका शिवशंकर शाह १० कक्षामा पढ्थे । त्यस बेला घरमै भएको मिलमा उनका बाबुले काम गर्थे । उनी मिलमा बाबुलाई सहयोग गर्थे । मिलका पाटपूर्जा फेर्ने, मर्मत गर्ने काम हुँदा उनले विशेष रुचि दिएर हेर्थे । जानि नजानि आफूपनि काम गर्न अघि सर्थे ।

घर नजिकै कृषि विकास बैंक थियो । बैंकका कर्मचारीका लागि बैंकमा एउटा मोटरसाईकल थियो । उनीहरुले त्यो मोटरसाईकल चढेर ओहोर दोहोर गरेको उनले दिनहुँ जसो देख्थे ।

शिवशंकसरलाई कर्मचारी जस्तै आफू पनि मोटरसाइकलमा चढेर हिड्ने रहर भने कहिल्यै लागेन । बरु उनी सोच्थे ‘मैले यो दुई पाङ्ग्रे गाडिको सबै पाटपूर्जा खोल्न र जोड्न जान्ने हुन पाए कस्तो हुन्थ्यो होला ? यति गर्न सके त मोटरसाईककै मिस्त्री हुनसक्थेँ ।’ यस्तै यस्तै सोच गर्दा गर्दै उनले पढाई छोडे ।

तालिमका लागि फरिदावद
यो रुचीले शिवशंकसरलाई भारत फरिदावादको मोटरसाईकल फ्यक्ट्री नै पु¥यायो । त्यहाँ उनले मोटरसाइकलको मर्मत गर्ने पार्टपुर्जा जोड्ने काम बारे तालिम लिए । आफूलाई मन पर्ने दुईपाङ्ग्रे गाडि (मोटरसाईकल) को पाटपूर्जा कसरी बन्छ ? कसरी जोडिन्छ ? भन्ने जिज्ञाषा त उनमा छँदै थियो ।

फरिदावादमा आफूले मोटरसाईकल मर्मत सम्बन्धि सैद्धान्तिक तालिम लिएको बताए । ‘मैले मोटरसाइकलका पार्टपूर्जा एक एक गरी जोडेको, बनाएको सबै आफ्नै आँखा अगाडी देख्ने अवसर पाए ।

वर्कसपमा मजदुरीदेखि मालिकसम्म
तालिम सकेर उनी नेपाल फर्किए । सिकेको सीप वर्कसपमा काम गरेर पूरा गर्ने अबसर पाए । उनले नारायणगढमा एक वर्कसपमा मजदुरी गरे । त्यहाँ उनले केहि समय काम गरे । केहि कुरा सिक्ने मौका पनि पाए । ‘मैले फरिदावामा सिकेको कामलाई वर्कसपमा गएपछि व्यवहारमै प्रयोग गर्ने अवसर पाएँ,’ शाहले भने, ‘यसबाट मैले आफूमा सीप अर्जन गरेँ । अब आफैले वर्कसप व्यवसाय गर्न सकिन्छ भन्ने आत्मबल पनि बढायो ।’

यो सोचले उनलाई पोखरा ल्यायो । पोखरामा आफ्नै वर्कसप खोलेर आफ्नै व्यवसाय शुरु गरे । उनी पोखरामै वर्कसप चलाएर मात्र बसेनन् । नयाँ ठाउँ र भविष्यमा व्यवसायलाई विस्तर गर्न सकिने पोटेनसियल एरियाको खोजिमा उनी बागलुङ हानिए । ‘मैले पछि राम्रो व्यवसायिक हव बन्नसक्ने र आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै लेजान सकिने स्कोप भएको ठाउँको खोजिमा २० वर्ष अघि बागलुङ आएँ,’ उनले थपे, ‘यहाँ आएर पनि सानो लगानीमा वर्कसप नै सुरु गरेँ ।’

धौलागिरीमै पहिलो वर्कसप
बागलुङ नगरपालिकाको गूठीमा मोटरसाईकल वर्कसप सुरु गरेका उनले मोटरसाइकलको पार्टपूर्जा जोड्ने, बनाउने काममा कम्मर कसे । उनले खोलेको वर्कसप धौलागिरीमानै पहिलो थियो । उनले आफ्नो व्यवसायलाई निरन्तरता दिदै गए । शुरु शुरुमा चाइनाले खनेको बाटो, त्यसमा त्यति धेरै दुइ पाङ्ग्रे गाडी धौलागिरीमा भित्रिने सम्भावना पनि थिएन । तर पनि उनले आफ्नो व्यवसायलाई निरन्तरता दिए ।

वर्कसपबाट बजाज स्वरुमको मालिक
वर्कसपका सञ्चालक शाहको जीवनमा पासा एकाएक पल्टियो । आफ्नो निरन्तरको मेहनतले शाहलाई एकपछि अर्को व्यवसायिक सफलता मिल्दै गयो । बागलुङमा दश वर्ष वर्कसप चलाएपछि उनले नयाँ मोटरसाईकल बेच्ने स्वरुमको मालिक बन्ने मौका पाए । वर्कसपकै पेशालाई बढाएर उले शिवशक्ति अटोमोवाईल नाम राखेर मोटरसाईकलको स्वरुम खोले । त्यहि शिवशक्ति अटोमोवाईल अहिले मानिसहरुले निकै मनपराउने बजाज मोटरसाईकलको धौलागिरीकै डिलर (आधिकारिक विक्रेता) हो ।

पहिले गुठिमा रहेको स्वरुम २ बर्षअघि उनले रामरेखा सारेका छन् । स्वरुमबाट उनले बजाज कम्पनीका सम्पूर्ण नयाँ मोटरबाईक विक्री गर्ने, पुरानोसँग नयाँ साट्ने, सबै पार्टपुर्जाको विक्री तथा बाईक मर्मत गर्छन् । ‘हामी कहाँ बजाज कम्पनीका सबै प्रकारका बाईक, यसका स्पेयरपार्टस् पाउनुका साथै अत्याधुनिक मेसिनबाट मर्मतको सबै काम गरिन्छ,’ शाहले खुशी मुद्रामा भने, ‘तपाईले पुरानो बाईक लिएर सट्टामा नयाँ लैजान पनि सक्नुहुन्छ ।’

२० हजारमा नयाँ बाइक चढ्ने अवसर
अहिले उनको शिवशक्ति अटोमोबाइलमा सुरुमा २० हजार भुक्तानी गरेपछि नयाँ डिस्कभर बाइक किस्ताबन्दीमा पाईन्छ । बजाजको नयाँ डिस्कभर बाइक लिन सुरुमा १९ हजार ९ सय ९९ रुपैयाँ तिरे पुग्छ । बाँकी रकम मासिक किस्तावन्दीमा ३६ महिनासम्म तिर्न सकिन्छ । अन्य बजाजका मोटरसाइकलमा भने ४० प्रतिशत भुक्तानी गरेपछि २४ महिने फाइनन्स सुविधा पाईने उनले बताए ।

वर्षमै पाँच सय नयाँ बाईक विक्री
स्वरुममा अहिले बजाजका पूराना मोटरसाइकल खरिद विक्रि पनि भइरहेको छ । एक्सचेन्ज सुविधा पनि उनले दिएका छन् । अहिले स्वरुममा नयाँ र पूराना मोटरसाइकलको एक्सचेन्ज पनि हुन्छ । बार्षिक ५ सयदेखि ६ सय सम्म नयाँ बाईक विक्री हुने गरेको छ । तीन सयदेखि ४ सय वटासम्म पूरान बाईक पनि बेच्ने गरेका छन् ।

व्यवसायमा सन्तुष्ट
व्यवसाय सुरु गर्दा नै आफूले भविष्यमा बन्न सक्ने ठाउँ छानेर काम थालेकाले अहिले आएर व्यापारमा भरपूर सन्तुष्ट रहेको शाहको भनाई छ । ‘म त्यसबेला आफ्नो ठाउँ चितवनबाट पोखरा हुँदै बागलुङ आएँ,’ उनले थपे, ‘पछि गएर ठूलो व्यापार गर्न सकियोस भन्ने सोचमा मैले नयाँ ठाउँ खोजेको थिएँ, अहिले त्यस्तै भयोको छ । मलाई बजाजको डिलर पनि कम्पनी आफै बागलुङ आएर दिएको हो । मलाई डिलर देउ भन्दै भौँतारिनु परेन ।’ अहिले उनले लाखौँको व्यापार गरिरहेका छन् । व्यवसायबाट राम्रो आम्दानी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्