१४ बैशाख २०८१, शुक्रबार

 

दिपकको १० वर्षको बैंकिङ अनुभव– सेन्चुरी बैंकमा लागेर मैले च्यालेन्जलाई एसेप्ट गरेको हुँ

बागलुङ नगरपालिका ३ टारी घर भएका दिपक शर्मा अहिले देशकै कान्छो बैंक सेञ्चुरी बैक बागलुङ शाखाको शाखा प्रबन्धक छन् ।

वि.स २०४० सालमा बागलुङमा जन्मेका उनको प्रारम्भिक शिक्षा बागलुङमै रहेको अमृत आदर्श माविबाट शुरु भयो । यहि विद्यालयबाट २०५५ मा उनले एसएलसी उत्र्तीण गरे । त्यसपछि उनी उच्च शिक्षाको लागि डन बोस्कोमा भर्ना भए । त्यसपछि उनले हिमालयन ह्वाइट हाउस कलेज काठमाडौंबाट विविए र एमविएको पढाई गरे ।

काठमाडौ रहदाँ चौधरी ग्रुप सानेपामा केही समय अनुभव लिने मौका पाए । त्यस लगत्तै उनले २०६५ सालमा ग्लोबल आइएमई बैंकमा काम गर्ने मौका पाए ।

केहि समय  उनी बैंकको रेमिटान्समा जुनियर कर्मचारी भएर काम गरे । त्यसको केही समय लगत्तै उनी रमिटान्स इन्चार्जको रुपमा काम गर्न थाले । उनले यही पदमा ५ वर्ष काम गरे ।

त्यसपछि उनले क्रेडिट कन्ट्रोलमा २ बर्ष काम गरे । उनको बैंकमा गरेको प्रगति र अनुभवले अर्घाखाँची शाखाको शाखा प्रबन्धक बन्ने अवसर जुरायो । अर्घखाँचीमा उनले डेढ बर्ष शाखा प्रबन्धकका रुपमा काम गरे ।

राम्रा र प्रतिभा भएका व्यक्तिहरुको जतासुकै माग हुन्छ । केही गर्न सक्ने क्षमता भएकाहरुलाई जागिर खोज्नु पनि पर्दैन । अफर आफै आउँछ । शर्मालाई पनि यस्तै अवसर मिल्यो भनौं । उनी २०७३ मा सनराइज बैंक दमौली शाखाको शाखा प्रबन्धकको रुपमा देखिए । त्यहाँ उनले झण्डै २० महिना काम गरे ।

अहिले उनी सेञ्चुरी बैंक बागलुङ शाखाको शाखा प्रबन्धकका रुपमा ६ महिनादेखि कार्यरत छन् । सेन्चुरी बैँक बागलुङ सदरमुकाममा रहेका बैँकहरुमा २६ औँ हो भने क श्रेणीको बैँकमा १९ औ हो ।

सेञ्चुरी बैंकको काठमाडौं उपत्यकामा १२ शाखा, ६ एक्टेन्सन काउन्टर, उपत्यका बाहिर ९२ शाखाहहरु र २ वटा एक्टेनसन काउन्टरहरुका साथै १० वटा शाखारहित गरि १२२ स्थानबाट कारोबार गरिरहेको छ ।८ अर्व चुक्ता पुँजी र  ७१ अर्व निक्षेप रहेको बैकले देशभर ५७ अर्व लगानी गरेको छ ।

च्यालेन्जलाई एसेप्ट गरे

शर्मासँग अहिले दुई बैंकमा काम गरेको १० वर्षको बैकिङ अनुभव छ । ग्लोबल आइएमई र सनराइज बैंकको १० वर्षको अनुभव अहिले उनले देशकै कान्छो बैंक सेञ्चुरी बैंकलाई दिएका छन् ।

स्थापित भइसकेका पूरा बैंकहरुलाई छोडेर नयाँ बैंकमा लाग्नुलाई उनी आफूले चुनौति स्विकार गरेको बताउँछन् ।बागलुङ बजारमा पनि धेरै बैंकहरुका शाखा छन् । जिल्लामै पनि सेञ्चुरी बैंक अहिलेसम्म कान्छो बैंक नै छ । यसलाई स्थापित गर्नु उनको काँधमा छ । त्यसैले पनि उनी आफूलाई बैंकलाई स्थापित गर्ने च्यालेन्ज लिएर नै यहाँ आएको बताउँछन् ।

‘मेरो १० वर्षको बैकिङ अनुभव सेञ्चुरी बैंकलाई दिनु भनेको मैले च्यालेन्जलाई एसेप्ट गर्नु हो, च्यालेन्ज एसेप्ट गर्न पाउनु यो मेरो लागि अवसर पनि हो ’ शर्माले नयाँ विश्वसँग भने ।


यसले आफ्नो भविष्यको बैकिङ करिअरलाई पनि मजबुत बनाउने उनको तर्क छ ।

५ महिनामा ६ सय ग्राहक

शाखा खुलेको ५ महिनामा ६ सय ग्राहक  बनाउन सेञ्चुरी बैंक सफल भएको छ ।७ करोड निक्षेप संकलन भइसकेको शाखा प्रवन्धक शर्माले बताए । अहिले दैनिक ४० देखि ५० जनाले कारोबार गरिरहेको छन् । हामीले स्मार्ट सेवा प्रदान गरेका छौं उनले भने ।

प्रचार प्रसारका लागि घरदैलो

वित्तिय साक्षरताको लागि बैंकले घरदैलो कार्यक्रम पनि गरेको शर्माले बताए । बागलुङ बजार र आसपासका गाउँ वस्तीहरुमा बैंकले वित्तिय साक्षरता अभियान चलाएको छ । यसवाट पनि शाखालाई केही सहयोग हुने उनको अपेक्षा छ ।

कृषि कर्जामा जोड

सेञ्चुरी बैंकले बागलुङ जिल्लाका कृषकहरुलाई लक्षित गरी कृषि कर्जामा जोड दिनेछ । सरकारले दिदै आएको कृषि कर्जा अनुसार नै बैंकले लगानी गर्नेछ ।बागलुङमा साना तथा मझौला र कृषि अनुदानलाई प्रथामिकतामा राखेर कर्जा प्रवाह हुनेछ । यसका साथै बैंकले घरजग्गा कर्जा, व्यक्तिगत कर्जा, गाडी कर्जा, व्यापार कर्जा र शैक्षिक कर्जामा लगानी गर्नेछ ।

बैंकको ‘सी फाइभ’ सेवा
सेञ्चुरी बैंकले स्मार्ट सेवासहित आफ्नो सेवा बागलुङमा विस्तार गरेको छ ।बैंकको ‘सी फाइभ’ योजना अनुसार निशुल्क अनलाइन सेवा, ३ लाखसम्मको निक्षेप सुरक्षण  विमा, रु ५ मा खाता र ६.५ प्रतिशत व्याज सहितको सेवा बागलुङमा विस्तार गरेको हो । साथै २ सय ५० मा एटिएम ५ वर्षको लागि एटिएम कार्ड पनि उपलब्ध गराउने बैकले जनाएको छ ।

डिजिटल भुक्तानी

सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबिच मोबाईल भुक्तानीका लागि सम्झौता भएको छ ।यस सम्झौता अनुसार सेन्चुरी बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सुविधा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिने छ ।

(सेञ्चुरी बैंक बागलुङका शाखा प्रबन्धक शर्मासँग महेन्द्र केसीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्