१५ बैशाख २०८१, शनिबार

 

सुनको मूल्य तोलाको ६३ हजार नाघ्यो

काठमाडौं–बुधबार (फागुन ८) सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको छ ।

सुन एकैदिन तोलामा  ६ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्