१६ बैशाख २०८१, आईतवार

 

सुन तस्करी प्रकरणमा सीआईबीले लियो पूर्वउपराष्ट्रपति पुत्र पुनसँग बयान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुुन प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ ।

हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा अन्य पक्राउ परेका व्यक्तिहरुसँग पुनको सम्पर्क देखिएपछि उनलाई कार्यालयमै बोलाएर सोमबार बयान लिएका हुन् । पुन नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत हुन् ।

यो प्रकरणमा २६ जना पक्राउ परिसकेका छन् ।राजश्व अनुसन्धान विभागले गत साउन ३ मा सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । साउन २१ मा राजश्व अनुसनन्धान विभागले यसको जिम्मा सीआईबीलाई दिएको थियो ।

सीआईबीले अनुसन्धानको जिम्मेवारी पाएपछि सोधपुछ र अनुसन्धानलाई तीव्रता दिएको छ । सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेहरुको नाम यस प्रकार रहेका छन् ।

रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल ।

प्रतिक्रिया दिनुहोस्