१५ बैशाख २०८१, शनिबार

 

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ

१६ फागुन, काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।

नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्