१५ बैशाख २०८१, शनिबार

 

‘नेपालमा हुने हवाई दुर्घटना एउटै प्रकृतिका छैनन्’

-सचिन्द्र श्रेष्ठ

‘नेपाली आकाशमा हवाई दुर्घटना दोहोरिएको छन् । तर त्यसको निराकरण अहिलेसम्म हुन सकिरहेको छैन् । हवाई दुर्घटना यस्तो दुर्घटना,हो जसले जन धनको क्षतिमात्र नभएर राष्ट्रिय रुपमा सम्पत्तिको क्षति भैरहेको हुन्छ । आखिर दुर्घटनाबाट मानवीय बिवेक नै एक मात्र उपाय हो । हवाई दुर्घटनाबाट मानिस बाँच्न सक्ने सम्भावना न्यून रहन्छ ।’

मौसमका हिसाबले भु–मध्ये रेखाको उत्तरी अक्षांसमा यतिबेला मौसमको प्रतिकूल असर परेको छ । त्यसको प्रत्यक्ष असर हवाई मार्गमा समेत देखिएको छ । जसको कारण बिहीबार ताप्लेजुङमा भएको मन्त्री सवार हेलिकप्टर (हवाई) दुर्घटनालाई लिन सकिन्छ ।
नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म ६ दर्जनभन्दा बढी विमान दुर्घटनामा परेको तथ्यांक छ । नेपालमा पहिलो हवाई दुर्घटना ६ अक्टोबर १९७३ मा भएको पाईन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन् ।

नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् १९९२ मा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना भएको थियो । त्यो जहाज दुर्घटनामा १ सय ५७ जनाले ज्यान गुमाउनु परेको थियो । त्यसको लगत्तै थाई एयरवेजको विमान ललितपुरमा दुर्घटना भएको थियो । यी दुई विमान नेपालका ठूला विमान दुर्घटनामा दर्ज भएका छन् । त्यसपछि पनि नेपाली आकाशमा हवाई दुर्घटना दोहोरिएको छन् । तर त्यसको निराकरण अहिलेसम्म हुन सकिरहेको छैन् । हवाई दुर्घटना यस्तो दुर्घटना,हो जसले जन धनको क्षतिमात्र नभएर राष्ट्रिय रुपमा सम्पत्तिको क्षति भैरहेको हुन्छ । आखिर दुर्घटनाबाट मानवीय बिवेक नै एक मात्र उपाय हो । हवाई दुर्घटनाबाट मानिस बाँच्न सक्ने सम्भावना न्यून रहन्छ ।

हवाई उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकाओले जुन देशमा हवाई दुर्घटना हुन्छ त्यस देशमा दुर्घटनासम्बन्धी छानबिन आयोग गठन गर्नुपर्ने प्रावधान राखेको छ । शायद त्यसैले होला मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटना पछि सरकारले पनि तत्काल ४ सदस्यीय आयोग गठन गरेको छ । आयोग दुर्घटनाको निदान हैन् । समस्याको कारण पत्ता लगाउने र समन्धित निकायलाई भबिष्यका लागि सर्तक तुल्याउने उपाय हो । अहिलेसम्मका आयोगले गरेको पनि त्यही नै हो । आयोगले अचुक समाधानको उपाय दिन सकेको छैन । संयोग बिहीबार भएको हेलिकप्टर दुर्घटनामा स्वयं मंत्री नै पर्नु भएको छ ।

‘पाईलटले मन्त्रीको वचनलाई काट्न नसक्नु नै दुर्घटनाको कारण देखिन्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागु गरेपनि कतिपय अवस्थामा मानवीय त्रुटिका कारणले दुर्घटना दोहोरिने गरेका छन् । हिजोको दुघैटनाको तथ्य आयोगले सार्वजनिक गर्नै नै छ । एउटा कारण पाईलटले मौसम प्रतिकुल रहदा रहदै पनि स्वयंम मन्त्रीले हतारको कारण देखाएर काठमाडौं पुग्न दिएको निर्देशन हो भन्न सकिन्छ । पाईलटले मन्त्रीको वचनलाई काट्न नसक्नु नै दुर्घटनाको कारण देखिन्छ । त्यसका अलावा ५ सिट क्षमता भएको हेलिकप्टरमा ७ जना यात्रु सवार रहनु अर्काै कारण देखिन्छ ।

हवाई दुर्घटनाका विभिन्न कारण रहे पनि उडान हुनु पूर्ब नियमित जाँच,पाइलटको स्वस्थ जाँच,मौसमको पूर्ब र पूर्ण जानकारीमा कमी हुनुले यस्ता घटना नेपालमा पुनराबृति हुने गरेको पाईन्छ । यस्ता घटनामा कस्को लापरबाही भनेर कसै प्रति दोषरोपण गर्न निरर्थक छ । सरकारले बनाएको घटना छानबिन समितीले भबिष्यमा यस्ता दुर्घटनामा कमी ल्याउन कसरी सकिन्छ भनेर राय सल्लाह दिन बिलम्ब गर्नुहुदैन् । नेपालमा हवाई उड्यन जगतले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ । तर समय समयमा यस्ता दुर्घटनाका पुनराबृति भैरहेका छन् । युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा यसलाई राखेको थियो । यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल)लाई कालोसूचीमा राखेको थियो । पहिले भन्दा केहि सुधार त्रिभुवन अंतराष्ट्रीय बिमानस्थलमा स्वयं पर्यटन मन्त्री रबिन्द्र अधिकारीको कार्यकालमा भएको छ ।

‘विकासप्रेमी कहलिएका मन्त्री अधिकारीको नाममा विकास प्राधिकरण स्थापना गरेर हवाई उड्यन क्षेत्रमा मात्र नभएर राष्ट्रिय गौरवका आयोजनालाई गति दिने संकल्प सरकारले गरोस ।’

भबिष्यमा संचालनमा आउने तयारीमा रहेका पोखरा र भैरहवा बन्न लागेका अन्तराष्ट्रिय विमानस्थलले अन्तराष्ट्रिय मापदण्ड पालना गरेर संचालन आउन सकुन् । बिमानस्थलको सुधारलाई चासो र गति दिन क्रममा दिंवागंत भएका मन्त्रीको चाहनालाई सरकारले थप गति दिएर उनको स्मरण गर्न सकोस । बिकासपे्रमी कहलिएका मन्त्री अधिकारीको नाममा बिकास प्राधिकरण स्थापना गरेर हवाई उड्यन क्षेत्रमा मात्र नभएर राष्ट्रिय गौरवका आयोजनालाई गति दिने संकल्प सरकारले गरोस । साथै उनको कार्यकालमा आरम्भ भएका योजनालाई सरकारले गति दियो भने उनको योगदानको कदर गरेको बुझ्न हामी सबैलाई कर लाग्नेछ ।
अलबिदा मन्त्री,ज्यु

 

प्रतिक्रिया दिनुहोस्