२६ बैशाख २०८१, बुधबार

 

‘पिपिरी’उपन्यास लिएर आउदै लेखक मीनराज

युवा उपन्यासकार मीनराज बसन्तले आफनो दोश्रो कृति ‘पिपिरी’उपन्यास लिएर आउदै छन । ‘पिपिरी’उपन्यास फागुन १८ गते लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।कुंज थिएटरमा पिपिरी उपन्यास माथि लेखक हाडयुग अज्ञात ,अमर न्यौपाने र सगुन शाहले समीक्षा गर्ने कार्यक्रम रहेको उपन्यासकार मीनराज बसन्तले नयाँ विश्वलाई बताए ।

मीनराजको पहिलो उपन्यास मुदिरले निकै चर्चा र पुरस्कृत समेत भएपछि पिपिरी उपन्यासले पनि पाठकको मन जित्न सफल हुने फिनिक्स बुक्सले जनाएको छ ।उपन्यासको कभर सार्वजजिनक भएसँगै सामाजिक संजालमा यसको चर्चासमेत चुलिएको छ ।

लेखक मीनराजले पिपिरी एउटा बालकको आँखाबाट समाज र आफ्नै बाल्यकाल बोल्ने ऐना भएको बताए । उनले भने, ‘त्यसैले पिपिरीमा हरेकको बाल्यकाल समेटिएको छ ।’र्

प्रतिक्रिया दिनुहोस्