६ जेष्ठ २०८१, आईतवार

 

महिलाहरुलाई उद्घोषण कला तथा नेतृत्व विकास तालिम

बागलुङ । गलकोट नगरपालिका वडा नम्वर ७ मल्ममा वडा कार्यालयको आयोजनामा २ दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोग एवं गलकोट नगरपालिका वडा नम्वर ७ वडा कार्यालयको समन्वयमा नगर उपप्रमुख महिला लक्षित विकास कार्यक्रम अन्तर्गत वडा भित्रका समाजसेवी महिलाहरुलाई लक्षित गरि आयोजना गरिएको दुई दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिमको आज समापन गरिएको हो ।

तालिममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले महिलाहरुको क्षमता अभिवृद्धिको लागि नेतृत्व विकास तालिमले ठुलो सहयोग पुर्याउने बताउनुभएको थियो । उहाँले पछिल्लो समय देशमा युवाहरुको संख्या घट्दो क्रममा रहेको अवस्थामा यस तालिमले महिला सशक्तिकरण हुने कुरामा समेत जोड दिनुभयो ।

तालिममा उद्घोषण कलाको विषयमा अधिबक्ता एवं पत्रकार सुष्मा पौडेलले र नेतृत्वको अर्थ र महत्व, महिलाका लागि नेतृत्व विकास, नेतृत्व विकासका लागि आवश्यक तत्वहरु, नेतृत्वको उदयः विकास र परिवर्तन, नेतृत्वका गुण, असल नेतृत्व गर्न चाहिने खुबी लगायतका विषयमा सामुदायिक रेडियो गलकोटका प्राविधिक तथा प्रस्तोता थम्मन थापाले प्रशिक्षण गर्नुभएको थियो । तालिममा
गलकोट नगरपालिका वडा नम्वर ७ भित्रका ५० जना महिलाहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ७ का निवर्तमान वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, महिला जागरण केन्द्र गलकोट नगरपालिका वडा नम्वर ७ का अध्यक्ष ललिता थापा, आँगाखेत बाँमिया टोल विकास संस्थाका अध्यक्ष रत्न बहादुर मल्ल, कालिका टोल विकास संस्थाका सदस्य कृष्णा थापाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाको अध्यक्षता र वडा सदस्य यानु बिक को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्