१४ बैशाख २०८१, शुक्रबार

 

विप्लवलाई ३५ दिनभित्र सबै हतियार बुझाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सबै हतियार ३५ दिनभित्र बुझाउन निर्देशन दिएको छ । विप्लव समूहले हिंसात्मक गतिविधि बढाउन थालेपछि सरकार कडा रूपमा प्रस्तुत भएको हो ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को पछिल्ला निर्णय सार्वजनिक गर्दै वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट पारे। ‘हतियार बुझाउने हो भने रातो कार्पेट ओछ्याएरै स्वागत गर्छौ’ उनले भने ‘ सिके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्यो । भोलि विप्लव समूह पनि आएमा सरकारले स्वागत गर्छ तर गतिविधि र अडान उहाँहरु शान्तिपूर्ण राजनीतिमा आउने देखिइँदैन । त्यही भएर सरकार यस्तो निर्णयमा पुगेको हो ।’

मन्त्री बास्कोटालेले विप्लव समूहले आपराधिक र हिंसात्मक गतिविधिमा लागेकै कारण सरकार त्यस्ता गतिविधिलाई प्रतिबन्ध बाध्य भएको उल्लेख गरे । मन्त्री बास्कोटाले सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दलले पनि स्वागत गरिसकेको बताए । ‘यसबारे अब पार्टीभित्र पनि छलफल हुन्छ’ मन्त्री बाँस्कोटाले भने ।

प्रतिक्रिया दिनुहोस्