१५ बैशाख २०८१, शनिबार

 

प्राथमिक तहको बागलुङ जिल्लाको नतिजा (नामसहित)

काठमाडौं। शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । सोमबार आयोगले बाग्लुङ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक गरेको छ ।

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए ।

विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्तर्वार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको थियो । तिनै तहमा गरी लिखितका लागि २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

 

 

  

 

 

प्रतिक्रिया दिनुहोस्