१४ बैशाख २०८१, शुक्रबार

 

आइएमई ग्रुपका प्रबन्धक निर्देशक ढकाललाई ‘सुप्रवल जनसेवा श्री’

काठमाडौं । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल ‘सुप्रवल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७५ सालको संबिधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा विभूषण प्रदान गरिएको हो ।

नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान भएको भन्दै सुप्रवल जनसेवा श्रीद्वारा विभूषित गरिएको छ । अमेरिकास्थित एमआइटीबाट इएमपीमा मास्टर र प्रसिद्व हावर्ड विश्वविद्यालयबाट ओनर प्रेसिडेन्ट म्यानेजमेन्ट प्रोग्राममा तीन वर्षको कोर्ष पुरा गर्नुभएका ढकाल सन् १९९० को दशकदेखि नै विभिन्न पेशा–व्यवसायमा आवद्ध रहँदै आएका छन् ।

ढकाल आइएमई ग्रुपको प्रवन्धक निर्देशकका अतिरिक्त डीस होम मिडिया नेटवर्क र आइएमई जनरल इन्सोरेन्सका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्