१४ बैशाख २०८१, शुक्रबार

 

प्रभु बैंकले ल्यायो व्याज अनुदानसहितका ७ कर्जा

काठमाडौं ।प्रभु  बैंकले व्यवसायिक कृषि तथा पशुपन्छी विकास (श्रमशील कर्जा) देखि भूकम्प पीडितहरुको निजी आवास निर्माण (साहसी कर्जा) लागि व्याज अनुदानसहितको कर्जा कार्यक्रम अगाडि बढाएको छ ।

नेपाल सरकारको नीति अनुसार नेपाल राष्ट्र बैकद्वारा जारी ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान’ कार्यक्रम बैंकले अगाडि बढाउने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गरी प्रभु बैंकले ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि २०७५’ अनुसार बैंकका सबै शाखाहरुबाट सेवा बढाउने जानकारी दिएको छ ।

प्रभु  बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा व्याज अनुदानसहितका सहुलियतपूर्ण विभिन्न कर्जाका बारेमा जानकारी गराएका थिए । पत्रकार सम्मलेन मार्फत श्रमशील कर्जाका लागि अधिकतम कर्जा ५ करोडसम्म दिन सकिने बताउँदै त्यसको लागि व्यवसायीक परियोजनाको सम्भाव्यता मुख्य आधार हुने शेरचनले बताए ।

उज्वल कर्जा शिक्षित युवा स्वरोजगारको लागि ७ लाख कर्जा र अवधि ५ वर्ष हुनेछ ।कम्तिमा स्नातक तह उतिर्ण गरेको ४० वर्ष ननाघेको हुनु पर्ने पर्नेछ ।विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्वन्धमा प्रकाशित सार्वजनिक सूचीमा युवा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनु पर्ने बैंकले  जनाएको छ ।

उज्वल कर्जाको लागि कम्तिमा ७ दिनकाे उघम वा व्यवसाय गर्ने सीप विकास तालिम लिएकाे हुनु पर्ने वा कर्जा स्वीकृत भएपछि सीप बिकास तालिमकाे प्रमाण पेश गर्नु पर्ने ।

हातेमालाे कर्जा ( विदेशबाट फर्केका युवाहरूकाे लागि )१० लाख कर्जा रकम ,कर्जा अवधि ५ वर्ष हुनेछ ।उक्त कर्जा लिन विदेशबाट फर्केको ३ वर्ष व्यतित नभएको हुनु पर्नेछ ।आफुसंग रहेको ज्ञान ,सीप व्यवसाय संचालन परियोजनामा हुनु पर्नेछ ।श्रम स्वीकृत प्राप्त गरी,नगरी कुनै पनि देशमा ६ महिना संम्वधित तालिम ,पेशा ,व्यवसाय क्षेत्रमा काम गरि स्वदेश फर्केको हुनु पर्ने व्यवस्था भएको बैंकले जनाएको छ ।

उक्त कर्जा कार्यक्रम अन्तर्गत विश्ववविद्यालबाट शैक्षिक योग्यता हासिल गरेकोलाई उज्वल कर्जाको व्यवस्था समेत रहेको छ । बैंकले श्रमशील कर्जा, उज्वल कर्जा, हातेमालो कर्जा, उजेली कर्जा ( महिला उद्यमशीलताको लागि ), कर्मवीर कर्जा ( दलित समुदाय व्यवसाय विकासको लागि ), ज्ञान कर्जा ( उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि ) र साहसी कर्जाका (भूकम्प पीडितहरुको निजी आवास निर्माणको लागि )कार्यक्रम अगाडि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्