१४ बैशाख २०८१, शुक्रबार

 

राप्रपाका ९ जना नेता पक्राउ

बागलुङ। संविधान विरोधी गतिविधि गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालय बागलुङले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

बागलुङ बजारमा हिन्दुराष्ट्र कायम गर्न र धर्मनिरेपेक्षता खारेजको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बागलुङले आयोजना गरेको विरोधबाट नौ जनालाई नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा राप्रपाका जिल्ला सचिव विष्णु पसाद सापकोटा, क्षेत्रिय अध्यक्ष हेमराज पन्त, नगर अध्यक्ष इश्वरराज भण्डारी, हरि बहादुर भण्डारी, डल्लि प्रसाद आचार्य, संजय खड्का, धनबहादुर कार्की, केदार कंडेल र सुर्य प्रसाद सापकोटा रहनुभएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

शान्तिपूर्ण विरोध र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका कार्यकर्ताहरुले आरेप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्