४ जेष्ठ २०८१, शुक्रबार

 

स्वाभिमानका शिखर पुरुष ।

- साल्भाडोर एलेण्डे

अग्निशिखा – कसैकसैलाई लाग्न सक्छ– आखिर संयुक्त राज्य अमेरिकाकै विरुद्ध मात्र किन लेखिने गरेको होला ? तर, विश्वभर अमेरिकाको कालो कर्तुतको कथा यतिविघ्न छन् कि खोतल्नुपर्ने नै हुन्छ र लेख्नुपर्ने नै हुन्छ ।
यसर्थ पनि कि, अमेरिकाले आफ्ना विगत र वर्तमानका कर्तुतहरुलाई सच्याएको छैन, आत्मालोचना गरेको छैन र दण्डहीनताको झन्डा उठाउँदै आज पनि ऊ विश्वभर हैकम चलाउने गर्दछ । पछिल्लो उदाहरण, संयुक्त राष्ट्रसंघकै एक सदस्य राष्ट्र इराकका राष्ट्रपति सद्दाम हुसेनको हत्या गर्न सीआईएलाई राष्ट्रपति बुशले अनुमति दिनु नै हो । के अमेरिकी दादागिरीको कुनै सीमा छैन ? अमेरिकी नीतिविरुद्ध रहेका अन्य राष्ट्रका प्रमुखहरुले पनि फटाफट यस्तै आदेशपत्रमा हस्ताक्षर गर्न थाले भने विश्वको कस्तो दुर्गति होला ? प्रश्न त उठ्छ नै, महाशय बुशलाई यस्तो अधिकार छ भने अरुलाई किन नहुने ? अब्राहक लिंकन र मार्क ट्वेनको राष्ट्र अमेरिका, किन यति विघ्न विश्वका न्यायप्रेमी समुदायको दृष्टिमा गिर्दैछ ?
अमेरिकाको यस्तै एउटा कर्तुतको कहर तीस वर्षअघि चिलीले भोगेको थियो । अमेरिकी आडभरोसामा सैनिक कू गरिएको थियो, लोकप्रिय राष्ट्रपति साल्भाडोर एलेन्डेको हत्या गरिएको थियो र वामपन्थी तथा न्यायप्रेमी जनतामाथि व्यापक दमन अभियान छेडिएको थियो । १९८६ मा प्रकाशित ‘भ्वाइस फर फ्रिडम’ मा उल्लेख भएअनुसार कू गरिएको एक हप्ताभित्रैमा राजबन्दीहरुको संख्या ४५ देखि ५० हजारसम्म पुगेको थियो र चार महिनाको अवधिमा नै सेनाको गोप्य न्यायिक कारवाहीमा २ हजारसम्म व्यक्ति मारिएका थिए । गतवर्षको आतंककारी आक्रमणपश्चात जसरी ११ सेप्टेम्बर अमेरिकाका लागि पीडा बन्न पुगेको छ, चिलीका जनताका लागि समेत ११ सेप्टेम्बर त्यसभन्दा बढी पीडादायी बनेको थियो । यसर्थ कि ११ सेप्टेम्बर १९७३ मा चिलीमा सैनिक कू भएको थियो र जनताले कत्लेआमको कोतपर्व भोग्नु परेको थियो ।
allende2चिलीमा भएको त्यही कूको सन्दर्भमा अमेरिकी भूमिकाको लागि तत्कालीन विदेशमन्त्री हेनरी किसिञ्जरलाई चिलीको न्यायिक कठघरामा उभ्याउने जमर्को हुँदैछ । त्यतिखेर चिलीमा रहेका वामपन्थी अमेरिकीहरुको सूची सीआईएले सैनिक शासकहरुलाई उपलब्ध गराएको आरोपको सन्दर्भमा छानबिन हुँदैछ र सीआईएद्वारा भर्खरै ‘डिक्लासिफाई’ गरिएको दस्तावेजले समेत त्यस्तो सूची रहेको कुरा प्रकाशमा ल्याएको छ । स्मरणीय छ, सैनिक कूपश्चात् अमेरिकी चलचित्र निर्माता तथा पत्रकार चाल्र्स होर्मन सेनाद्वारा चिलीमा मारिएका थिए । त्यस समय होर्मन, एलेन्डे तथा संविधानको समर्थनमा रहेका चिलियन सेनाको ‘चिफ अफ स्टाफ’ रेने स्नाइडरको हत्याको अनुसन्धान गरिरहेका थिए । स्नाइडरको हत्यापश्चात् हत्यामा संलग्न षडयन्त्रकारी समूहलाई ३५ हजार डलर उपलब्ध गराइएको तथ्य सीआईए आफैले बकेको छ । यही पृष्ठभूमिमा छानबिनमा हेनरी किसिन्जरको सहयोगको अपेक्षा गरेको चिलियन न्यायपालिकाले किसिन्जरलाई चिलीको अदालतमा बयान दिन आउन बाध्य पार्न उनको सुपुर्दगीका लागि अमेरिकासँग अनुरोध गर्ने मन बनाएका छन् । के तानाशाह पिनोशे जसरी नै किसिन्जर पनि न्यायालयको कठघरामा उभिने दिन आउला ?
कम्युनिष्टविरोधी अमेरिकी दीक्षाबाट दीक्षित पिनोशे, जसले कम्युनिष्ट समर्थक लोकप्रिय समाजवादी राष्ट्रपति एलेन्डेको राष्ट्रपति प्रासादमा बमबारी समेत गरेको थियो । पिनोसे– जसले एलेण्डेसँगै उनका सहयोद्धा तथा विश्वविख्यात कवि पाब्लो नेरुदाको हत्या गरेको थियो । पिनोशे– जसले बमबारीबाट ध्वस्त राष्ट्रपति प्रासादबाट एलेन्डेको मृत शरीर निकाल्नासाथ आम कत्लेआम मच्चाउन आफ्नो गुप्तचर संस्था डिनालाई निर्देशन दिएको थियो । तर आज पिनोशेको जीउमा ज्यान छैन, उनी थर्थराउँदै कहिले लन्डन र कहिले सान्टियागो धाउँछन् ।
र, सत्ता सम्हाल्नासाथ वामपन्थीको बीउसमेत राख्न नचाहने डिनाको अभियान अन्तर्गत हजारौं वामपन्थीहरुलाई धरपकड गरिएको थियो । स्टेडियममा लगिएको थियो र यातनाको कहर बर्साउँदै गोली हानेर मारिएको थियो । पिनोशेको त्यस कत्लेआममा शायद, वामपन्थीहरुको त्यस रगतको मूल्यमा शायद, अमेरिकाको ह्वाइट हाउसअगाडिको बगैंचामा प्रजातन्त्रको फूल ढकमक्क फुलेका थिए र तिनको सुगन्धले शायद ह्वाइट हाउस नै मगमगाएको थियो ।
त्यो स्टेडियम पिनोशे स्टेडियमको नाममा आज पनि कुख्यात छ । त्यही कुख्यातिलाई अझै फैलाउदै डिनाका दानवहरुले राष्ट्रभर नै आतंक र तवाही मच्चाएका थिए । एक अनुमानअनुसार करिब अढाइ लाख व्यक्तिलाई देशभरका डिटेन्सन सेन्टरमा बन्दी बनाइएको थियो । कतिलाई मारियो, कतिलाई गायब पारियो– आज पनि चिलीका जनता त्यसको हिसाबकिताब खुनी पिनोशेसँग मागिरहेका छन् ।
र, डिनाको अर्काे निर्दयी अभियानको नाम थियो– मृत्युको लस्कर ९त्जभ ऋबचबखबल या म्भबतज० । यस अभियान अन्तर्गत गिरफ्तार वामपन्थीहरुलाई हवाइजहाजमा कोचिन्थ्यो, उडाइन्थ्यो र प्रशान्त महासागरमाथि पुगेपछि आकाशबाट सागरमा जिउँदै खसालिन्थ्यो । ताकि उनीहरु जिउँदै सार्कका शिकार बनुन् । त्यस खाले कत्लेआम मच्चाएपछि खुनी तानाशाह पिनोशेले त्यसको औचित्यमा कुतर्क दिँदै भनेका थिए– कहिलेकाहीँ प्रजातन्त्रले रगतमा पनि स्नान गर्नुपर्छ र त्यस रक्तस्नानलाई अमेरिकाले थपडी मारेर स्वागत गरेको थियो ।
पिनोशे जसले कुनैबेला भनेका थिए– मेरो जानकारीबिना यहाँ रुखको पातसमेत हल्लिदैन । आज उनको पापिष्ट र निर्दयी विरासत नै हल्लिएको छ । यो विश्व मानवीय भावनाले समृद्ध एलेन्डेजस्ता साहसीहरुको हो, जो मारिए पनि जनताका आँखाका नानी बनेर चम्किरहन्छन् । एलेन्डे, जसलाई कूको बेला पिनोशेले आत्मसमर्पण गरेको खण्डमा अन्यत्र पलायन हुन उडानका लागि हवाइजहाजको अफर गरेको थियो । तर साहसी र स्वाभिमानी एलेन्डेले त्यस अफरलाई दुत्कार्दै भनेका थिए– गद्दारहरुसँग म यसबारे कुनै कुरा गर्न चाहन्न । र फिडेल क्यास्ट्रोले उपहारस्वरुप दिएको सवमेसिन गन एलेन्डेले उठाएका थिए र अमेरिकी नन्दीभृंगीविरुद्ध लड्दा शहादत प्राप्त गरेका थिए । मारिनुअघि राष्ट्रपति एलेन्डेले भनेका थिए– म बिनामूल्य मरिरहेका छैन । मेरो मृत्यु विश्वासघात र कायरता कठघरामा ठडिने क्रममा छ र दण्डको पर्खाइका छ ।
पटक पटक प्रमाणित भएकै कुरा हो कि अमेरिका नै विश्वमा तानाशाही पैदा गर्ने पाठशाला हो र ऊ विश्वमा जताततै बधशाला निर्माण गर्ने ठेकेदार पनि हो । जब चिलीमा कू भयो र राष्ट्रपति एलेन्डे मारिए तब विश्वका न्यायप्रेमी जनताले अमेरिकालाई चोरऔंला तेस्र्याउदै भनेका थिए– यसमा अमेरिकाको हात छ, अमेरिका अपराधी हो । त्यो आरोप पूर्वाग्रहयुक्त थिएन भन्ने तथ्य चिलीमा सन् १९७३ मा भएको कू र त्यसपछिका कत्लेआमका बारेमा अमेरिकी विदेश विभाग र खुफिया संस्था सीआईएले आठमहिनाअघि प्रकाशमा ल्याएको दस्तावेजले नै प्रमाणित गरेको छ ।
जब पिनोशेकालमा भएको नागरिकहरुको हत्या, यातना तथा बेपत्ता पारिएकाहरुको सवालमा स्पेनले पिनोशेविरुद्ध मुद्दा चलाएको थियो र लन्डनमा रहेको अवस्थामा पिनोशेलाई सुपुर्दगी गर्न ब्रिटेनसँग माग गरेको थियो, तब मात्र साखुल्ले बनेर अमेरिकी प्रशासनले चिलीबारेको ५८०० दस्तावेज सार्वजनिक गर्ने निर्णय गतवर्ष गरेको थियो । यसै सन्दर्भमा अमेरिकाको राष्ट्रिय अभिलेखालयले जारी गरेको बीस हजार पेजको दस्तावेजबाट पिनोशेकालमा चिलीमा वामपन्थीमाथि भएको दमन कार्यवारे अमेरिकालाई राम्रो जानकारी भएको पुष्टि भएको छ ।
कूको दश दिनपछि अर्थात् सेप्टेम्बर २१, १९७३ मा सीआईएको एउटा रिपोर्टमा भनिएको छ ‘साम्यवादको सम्पूर्ण अवशेषलाई नामेट पार्न यो मौकाको प्रयोग गर्ने मुडमा चिलीको सैनिक रहेको छ । कठोर दमनको योजना बनाइएको छ । सैनिकहरु असंख्य मान्छे– वामपन्थी तथा विद्यार्थीहरुलाई धरपकड गर्दैछन् । जब विद्यार्थीहरुले टेक्निकल युनिभर्सिटीमा आत्मसमर्पण गर्न अस्वीकार गरे, तब ३ सय विद्यार्थीलाई मारियो ।
अक्टोबर १२, १९७३ को सीआईएको अर्काे रिपोर्टमा भनिएको छ– ‘सुरक्षा सेनाविरुद्धको आक्रमणमा मारिने र गिरफ्तार भएर तत्काल सेनाबाट मारिएका व्यक्तिहरु छुट्याइन सक्ने अवस्था छैन । र, रक्तपात मच्चिइरहेको छ ।’ स्मरणीय छ, कूको बेला पाँच हजार व्यक्ति मारिएका थिए र पिनोशेको सत्र वर्षे कार्यकालमा दुई लाख व्यक्तिलाई यातना दिइएको रिपोर्ट चिलीको कलेज अफ मेडिसिनले दिएको छ । सीआईएको १९७३–१९७८ को रिपोर्टमा पिनोशे शासनको त्यो अवधि चिलीमा व्यापक मानवअधिकार उल्लंघनको अवधि भनेर स्वीकार गरिएको छ । यसवाहेक निक्सन प्रशासनको बेला एलेन्डेलाई सत्तामा पुग्न नदिन सीआईएले कैयन गुप्त अभियान छेडेको र जब त्यो अभियान असफल भयो, तब एलेन्डेलाई सत्ताबाट गिराउने प्रयास भएको तथ्य त्यसबेलाका सीआईए डाइरेक्टर थमस कारामेन्सिसले नै स्वीकार गरेका छन् । उनले भनेका छन्– हाम्रो त्यो प्रयास कहिल्यै रोकिएन । यसबाट पनि एलेन्डेविरुद्धको पिनोशेको सत्तँ विप्लवमा अमेरिकाको हात रहेको प्रष्ट हुन्छ ।
‘यहाँ यो एउटा राष्ट्र (अमेरिका) छ, जो विदेशी राजनेताको हत्या प्रयासमा निकै अगाडि बढेको छ । यतिखेर पनि त्यो त्यसैमा लागिपरेको छ । यद्यपि यो राष्ट्र नै फेरि उसको कुनै नेतालाई कसैले मार्ने प्रयास ग¥यो भन्दै रुने कराउने गर्छ र त्यसैको प्रतिक्रियास्वरुप बमवारी गर्ने आफ्नो औचित्यको दाबी गर्ने गर्छ । यदि यो यस्तै हो भने, संयुक्त राज्य अमेरिकामा नै बमबारी गर्ने अधिकार अन्य राष्ट्रलाई पनि छ ।’
भनाइ विश्वविख्यात अमेरिकी विद्वान तथा भाषाविद् प्रोफेसर नोम चोम्सकीको हो र सन्दर्भ कुवेत भ्रमणताका पूर्व राष्ट्रपति जर्ज बुशलाई इराकले मार्ने प्रयास ग¥यो भन्ने कथित आरोपमा दश वर्षअघि बगदादमा गरिएको अमेरिकी आक्रमणको हो । जब कि त्जभ द्ययकतयल न्यिदभ ले अमेरिकी खुफिया संस्था सिआईएको रिपोर्टको हवाला दिँदै लेखेको थियो– ‘सद्दाम हुसेनको खतरा देखाउँदै क्लिन्टन प्रशासनको निगाह पाइरहने यो एउटा नियोजित कुवेती चाल हुन सक्छ ।’ यसै सन्दर्भमा राष्ट्रपति पदका पराजित उम्मेदवार रोस पेरोटको पनि भनाइ थियो– ‘जब हाम्रो आन्तरिक काम ठीक ढंगले सञ्चालन भइरहेको हुँदैन, तब हामी (जनताको) ध्यान अन्यत्र मोड्न यस्ता सानातिना लडाईं छेड्ने गर्छाैं ।’ स्मरणीय छ, राष्ट्रपति पदमा विराजमान भएको केही महिना पनि बित्न नपाउँदै लोकप्रियताको डिग्री ओरालो लागेका क्लिन्टन महाशयको पक्षमा त्यस आक्रमणपछि बन्दुके संस्कृतिमा हुर्काइएका अमेरिकी जनताको व्यापक मत सोहारिन पुगेको थियो ।
‘वास्तवमा संयुक्त राज्य अमेरिका नै एक मात्र राष्ट्र हो जो आधिकारिक तथा सार्वजनिकरुपमा नै सम्पूर्णतः विश्व आतंकवादप्रति प्रतिवद्ध छ ।’
भनाइ विद्वान चोम्सकीको नै हो । कंगोका राष्ट्राध्यक्ष प्याट्रिस लुमुम्वोको हत्या गर्ने राष्ट्र अमेरिका नै थियो, ल्याटिन अमेरिकाका अनेकन राष्ट्रवादी राष्ट्राध्यक्ष तथा कम्युनिष्ट नेताहरुको हत्या गराएर सैनिक तानाशाहलाई सत्तासीन गराउने राष्ट्र पनि अमेरिका नै हो, क्यूबाली नेता क्यास्ट्रोलाई मार्ने प्रयास पटकपटक गर्ने राष्ट्र अमेरिका हो र लिबियाली नेता कर्णेल कद्दाफीलाई मार्न राजधानी त्रिपोलीमा बमबारी गर्ने राष्ट्र पनि अमेरिका नै थियो । अब अमेरिकाले जवाफ दिनु परेको छ– ‘उसको यस्तो कुकार्यबापत अमेरिकामाथि बमबारी गर्ने अधिकार क्युबा तथा लिवियामा र अरु राष्ट्रमा रहन्छ कि रहँदैन ?
यसबाहेक, विश्व आतंकवादको मुखिया पनि अमेरिका नै हो भन्ने प्रमाण अमेरिकी राज्य अल्वामाको प्यारामिलिट्री क्याम्प हो । त्यो त्यही क्याम्प हो जहाँ केन्द्रीय अमेरिकी क्षेत्र तथा अन्यत्र आतंकवादी गतिविधी मच्चाउन आतंककारीहरुलाई प्रशिक्षण दिने गरिन्छ । यससँगै अमेरिकामा एउटा मिल्ट्री स्कुल पनि छ– फोर्ट बेनिंग स्कुल । तानाशाहहरु उत्पादन गर्नमा कुख्यात त्यस स्कुलले ल्याटिन अमेरिकाको लागि अनेकौं रक्तपिपाशु शासकहरुलाई जन्माएको थियो र प्रजातन्त्रको दुहाई दिने अमेरिका जनतामाथि थोपरिएको तिनीहरुको अतिचारमा मौन रहने गरेको थियो ।
नयाँ विश्व व्यवस्थाको ठेक्का लिने अमेरिकाले शीतयुद्धताका कैयन देशमा गरेको हस्तक्षेप, आक्रमण, हत्याको राजनीति, उत्पीडन, अव्यवस्था र नरसंहारको इतिहास ज्यूँदो छ । जतिखेर तत्कालीन सोभियत संघले शीतयुद्धताका आफूबाट अन्य राष्ट्रमाथि भएको ज्यादतिको लागि माफी मागिसकेको थियो र जापानले पनि दोस्रो विश्वयुद्धमा भएको आफ्नो आक्रमणकारी कार्यका लागि क्षमायाचना गरिसकेको छ, अमेरिका भने मौन छ । दशकौं दशकसम्म कैयन राष्ट्र तथा त्यहाँका जनताले भोग्नुपरेको संहार तथा विभिषिकाप्रति रहेको आफ्नो नैतिक जिम्मेवारी स्वीकार्ने हिम्मत अमेरिकामा भने रहेको देखिँदैन । बल मिच्याइँ र मुढताले ग्रस्त अमेरिकाको संस्कृति भनेको बन्दुके संस्कृति हो, जसमा नैतिकताको लागि कुनै ठाउँ छैन ।lastspeech1
‘जनरल पिनोशे… स्नेह कहिल्यै मर्दैन । एलेन्डे र नेरुदा हाम्रो सम्झनामा बाँचिरहने छन् । एक मिनेटको अन्धकारले हामीलाई अन्धो बनाउने छैन ।’

आजभन्दा तीस वर्षअघि जननिर्वाचित समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेमाथि सीआईएको षडयन्त्रअनुरुप जनरल पिनोशेको सैन्य जत्थाले तेह्र पटक गोली हानेर हत्या गरेको थियो र जननिर्वाचित सरकारलाई कूद्वारा ढालेको थियो । एलेन्डे हत्याको बाह्रौं दिनमा जब नोबेल पुरस्कार विजेता विश्वविख्यात कवि तथा एलेन्डेका सहयोद्धा पाब्लो नेरुदाको निधन भयो तब अमेरिकी छाउरा पिनोशेका बर्दिधारी गुन्डाहरुले पाब्लोको घरमा तहसनहस मच्चाएका थिए र बहुमूल्य किताब तथा पाण्डुलिपी जलाएका थिए । यद्यपि, चिलीका प्रशिद्ध सिने निर्देशक मिगेल लिटिनका अनुसार किसानदेखि दार्शनिकसम्म सबैको हृदयमा एलेन्डे तथा नेरुदाको नाम अद्यापि कुँदिएकै छ । यतिखेर पनि तालाबन्दी गरिएको नेरुदाको घर वरिपरि छेकेवार लगाइएको काठे फल्याकहरुमा हजारौं दस्तखतहरु, हजारौं सम्बोधनहरु देख्न सकिन्छ । चिलीका सपुत नेरुदा तथा एलेन्डेप्रति त्यहाँका  जनताले जाहेर गरेका स्नेह र कृतज्ञताको सम्बोधन । त्यस्तै, उपरोक्त सम्बोधन एक जोडी युवाको थियो । तर के एलेन्डे हत्याकाण्डका सञ्चालक त्यतिखेरका अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको सम्झनामा कहीँकतै एउटा मात्र पनि हस्ताक्षर, एउटा मात्र पनि स्नेहालु सम्बोधन अंकित छ ? र, के त्यस्तो सम्बोधन हेनरी किसिन्जरलाई जुर्छ ?

प्रतिक्रिया दिनुहोस्