१६ बैशाख २०८१, आईतवार

 

लायन क्लब अफ बागलुङ कालीगण्डकीको अध्यक्षमा सुवाश पन्त

बागलुङ । लायन वर्ष २०२४ र २५ का लागि लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको अध्यक्ष पदमा सुवाश पन्त सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

सोमबार भएको क्लवको बैठकले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो ।

यस्तै क्लवको प्रथम उपाध्यक्षमा लखन थापा, द्धितीय उपाध्याक्ष विप्लव शर्मा, तृतीय उपाध्यक्षमा संजय श्रेष्ठ, सचिवमा प्रकाश केसी र कोषाध्यक्षमा सुवास आचार्य चयन हुनुभएको छ ।

निर्वाचित अध्यक्ष सुवाश पन्तले क्लबको सदस्यको नेतृत्व विकास र सामाजिक सेवामा सक्रिय हुने नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्