१५ बैशाख २०८१, शनिबार

 

बागलुङ भगवती यातायात सेवा प्रालिको अध्यक्षमा पुन भुपेन्द्र खड्का

बागलुङ । बागलुङ भगवती यातायात सेवा प्रालिको अध्यक्षमा भुपेन्द्र खड्का चयन हुनु भएको छ ।

बिहीबार सम्पन्न प्रालिको आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले खड्काको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति चयन गरेको हो ।

संचालकमा राजकुमार पौडेल, राजु प्रसाद पौडेल, खिम बहादुर पुन, दोर्ण गौचन, दुर्गा कार्की, बलबहादुर खड्का, चित्रबहादुर भण्डारी र राजेन्द्र श्रेष्ठ चयन हुनु भएको निर्वाचन संयोजक तथा सस्थाका कानूनी सल्लाहकार शिव कँडेलले जानकारी दिनु भयो ।

समितिको पहिलो बैठकले संचालक मध्येबाट उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्