१५ बैशाख २०८१, शनिबार

 

लायन क्लब अफ बागलुङको अध्यक्षमा सूर्य प्रसाद चापागाईं

बागलुङ । लायन वर्ष २०२४ र २५का लागि लायन्स क्लब अफ बागलुङको अध्यक्ष पदमा सूर्य प्रसाद चापागाईं सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

शुक्रबार भएको क्लव इलेक्सनबाट प्रेसिडेन्टमा चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको हो ।

यस्तै क्लवको प्रथम उपाध्यक्षमा नारायण प्रसाद शर्मा, द्धितीय उपाध्याक्ष राजु केसी, तृतीय उपाध्यक्षमा भुपेन्द्र केसी, सचिवमा तिलक खड्का र कोषाध्यक्षमा नारायण शर्मा चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्