१५ बैशाख २०८१, शनिबार

 

लायन्स क्लव अफ धौलागिरि बागलुङको अध्यक्षमा गणेश महतो चयन

बागलुङ । लायन्स क्लव अफ धौलागिरि बागलुङको अध्यक्षमा गणेश महतो चयन हुनु भएको छ । लायन्स क्लबहरुमध्ये धौलागिरिको सबैभन्दा पुरानो क्लवको मंगलबार सम्पन्न बैठकबाट वर्ष २०२४-२५ का लागि महतोको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा राजेश भारी, द्धितीय उपाध्यक्ष शिव शंकर शाह, तृतीय उपाध्यक्षमा मनोज श्रेष्ठ, सचिवमा छमबहादुर कार्की र कोषाध्यक्षमा नरेश पौडेल चयन हुनुभएको छ ।

नवनिर्वाचित समितिलाई कलष्टर चिफ तालबहादुर कुँवर र जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, प्रथम उपाध्यक्षमा गणेश महतोको स्वागत र सचिव मनोज श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष गणेश महतोले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विसं २०५१ सालमा केवि राना मगरको नेतृत्वमा स्थापना भएको लायन्स क्लब अफ धौलागिरि बागलुङले यस क्षेत्रको शैक्षिक, सामाजिक, जनस्वास्थ्य र मानविय क्षेत्रमा महत्वपूर्णं योगदान दिएको साथै धेरै युवाहरुलाई विभिन्न क्षेत्रको नेतृत्व तहमा पुर्याउनुको साथै नेतृत्व विकासमा पनि योगदान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्