१५ बैशाख २०८१, शनिबार

 

लायन्स क्लव अफ बागलुङ ब्लुसिपको अध्यक्षमा रेशमबहादुर आले

बागलुङ । लायन्स क्लव अफ बागलुङ ब्लुसिपको अध्यक्षमा रेशमबहादुर आले चयन हुनु भएको छ । क्लवको मंगलबार सम्पन्न बैठकबाट वर्ष २०२४-२५ का लागि आलेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा श्यामबहादुर थापा, द्धितीय उपाध्यक्ष शोभ काउचा, तृतीय उपाध्यक्षमा उदित कुमार थापा, सचिवमा हिराबहादुर थापा र कोषाध्यक्षमा पारसिंह थापा चयन हुनुभएको छ ।

नवनिर्वाचित समितिलाई डिष्ट्रिक चियर पर्सन इन्द्रबहादुर थापा र जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष इन्द्र थापाको अध्यक्षता, सचिव रेशमबहादुर आलेको स्वागत र कोषाध्यक्ष हिराबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष रेशमबहादुर आलेले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्