१६ बैशाख २०८१, आईतवार

 

बागलुङ नगर खानेपानीको अध्यक्षमा जयराम भारी, केवी राना, सुभाष आचार्य र भुपेन्द्र खड्काको उम्मेदवारी

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष पदमा जयराम भारी, केवी राना मगर, सुभाष आचार्य र भुपेन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।

पुष २८ गते हुने नयाँ कासमितिको निर्वाचनमा अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका हुन् ।

यसै गरि उपाध्यक्ष पदमा हरि बहादुर जिसी सन्तोष, दयाराम पौडेल, रतन प्रसाद श्रेष्ठ, सचिव पदमा जीवन आचार्य र निर्मल बहादुर श्रेष्ठले कोषाध्यक्ष पदमा थानेश्वर सुवेदी र कृष्ण शर्माले उम्मेदवारी दिएका छन् ।

साथै खुल्ला सदस्य पदका लागि बाबुलाल शाक्य, वीरबहादुर थापा, सुनील कुमार श्रेष्ठ, टेक नारायण शर्मा, कुलराज शर्मा, बाबुकाजि केसी, लालबहादुर केसी, चन्द्रबहादुर सुवेदी, शिव आचार्य, रामबहादुर विक रहेका छन ।

महिला सदस्य पदका लागि सुनीता श्रेष्ठ, मन्जुमाया क्षेत्री, कालिका सापकोटा, लिला थापा क्षेत्री, लक्ष्मी थापा, हुमा देवी शर्मा, गुमा देवी श्रीष छन्त्याल रहेका छन् ।

समितिको विधान अध्यक्षसहित ९ जनाको कार्यसमितिको व्यवस्था गरेको छ । जस्मा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, कोषाध्यक्ष एक खुल्ला सदस्य दुई र महिला सदस्य तीन जना रहने व्यवस्था गरकोे छ ।

नयाँ कार्यसमिति चयनको लागि बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका १५ सय २८ जनाले पुष २८ गते मतदान गर्ने निर्वाचन कार्य तालिका रहेको निर्वाचन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

अहिलेसम्म ४ हजार ५२ जनाले धारा जडान गर्नु भएको छ भने ५० हजार उपभोक्ताले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत खानेपानीको सेवा लिइरहेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्