३ जेष्ठ २०८१, बिहीबार

 

विप्लवको पार्टीमा ७० वर्ष पुगेपछि भत्ता

नेत्रविक्रम चन्दविप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ७० बर्ष उमेर पुगेका आफनो पार्टीका नेताहरुलाई सक्रिय राजनीतिबाट विदा गरी जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ। सो पार्टीका नेतात्रय र्इश्वरी दाहाल, चित्रबहादुर आले र राम लखनले मासिक पाँच हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउने भएका छन्।
नुवाकोटको थानसिङमा पाँच दिनसम्म सञ्चालन भइ सकिएको पार्टीको केन्द्रीय समिति बैठकले चैतदेखि लागु हुने गरी जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो। जीवनभर राजनीति गरेका बृद्ध नेताको जीवनलाई सहज बनाउन जीवन निर्वाह भत्ता दिने निर्णय गरिएको सो पार्टीका नेताले बताएका छन्।
सो पार्टीका नेता माइला लामाले अन्‍नपूर्णसँग भने ुलामो समय राजनीति गरेका तर जीवनको उत्तरार्धमा वेहालपूर्ण अवस्था हुने गरेको छ। त्यसलाई सच्याएर बृद्ध नेताहरुलाई संरक्षण गर्न सामान्य अवस्थामा मासिक पाँच हजार र आवश्यकता अनुसार थप्न सकिने गरी निर्णय गरेका छौ। वामपन्थी राजनीतिमा लामो समय विताएकालाई सम्मान गर्ने नीति पनि बनाइएको लामाले जानकारी दिए। बृद्ध नेताहरुलाई जीवन निर्वाह भत्ता दिने निर्णय यसअघि अरु कुनै पार्टीले गरेका छैनन्।
काठमाडौमा उद्घाटन गरी रोल्पाको थवाङमा बन्दसत्र भएको सो पार्टीको आठौ महाधिवेशनले सक्रिय राजनीतिबाट अविभावकीय भूमिकामा पुगेका नेताहरुलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने नीति पारित गरेको थियो। नेताहरुको भरणपोषणका लागि केन्द्रीय तहमा अक्षयकोष स्थापना गर्ने निर्णय पनि सो पार्टीले गरेको छ।
अक्षय कोषको व्याजबाट प्राप्त हुने रकमलाई बृद्ध नेताहरुको जीवन निर्वाह भत्ताको रुपमा उपलब्ध गराउने व्यवस्था सो पार्टीले मिलाएको छ। तत्कालका लागि १० लाख रुपैयाको अक्षयकोष स्थापना गर्न लागिएको सो पार्टीले जनाएको छ। जीवन निर्वाह भत्ता पाउन लागेका तीनै जना नेताले सो पार्टीको स्थायी समिति सदस्यबाट विदा लिएका छन भने उनीहरु सल्लाहकारको भूमिकामा पुगेका छन।
जीवन निर्वाह भत्ता पाउन लागेका चित्रबहादुर आलेलाई सर्लाहीको हरिवनमा दुई कोठे घर पार्टीको आन्तरिक स्रोतबाट बनाइदिने निर्णय पनि गरिएको लामाले बताए।
सो पार्टीले संगठन विभागको जिम्मेवारी गरेको छ। वैकल्पिक सहित ५९ सदस्यीय केन्द्रीय समितिमा पाँच जनाको स्थायी समिति र १३ जनाको पोलिटब्यूरो वनाउने निर्णय गरेको छ। कृष्ण अधिकारी,मोहन कार्की र चन्द्रवहादुर चन्दलाई बढुवा गरी पोलिटव्यूरोको संख्या १३ सदस्यीय बनाइएको छ। यसअघि १० सदस्यीय पोलिटब्यूरो थियो।
आठौं महाधिवशेनको निर्णयलाई गाउ तहसम्म पुर्‍याउन सो पार्टीले मुख्य मुख्य शहरमा सन्देश सभा गर्ने निर्णय पनि गरेको छ।
सरकारले बैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तहको चुनावलाई खारेज गर्ने गरी आफना गतिबिधि बढाउने निर्णय गरेको छ। ुचुनावको अर्थ छैन। यसलाई खारेज गर्नुपछु लामाले भने। आठौं महाधिवेशनको निर्णय कार्यान्वयन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समीक्षा गर्न वसेको वैठकले चुनाव हुन नदिने गरी योजना बनाएको अर्का एक नेताले बताए।
सरकारलाई चुनाव नगराउन,उम्मेद्धवारहरुलाई चुनावमा नउठाउन, मतदातालाई चुनावमा मतदान नगर्न आग्रह गर्ने र त्यसो गर्दा पनि नभए अन्य विकल्प प्रयोग गरेर भए पनि चुनाव विथोल्ने गरी कार्यक्रम बनाएको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्