ताराप्रसाद शर्मा बागलुङ,चैत्र ३— सामाजिक कार्यमा क्रियाशिल रोट्रयाक क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक सप्ताहको तेस्रो दिन आज शान्ति ¥याली गरिएको छ ।
बिभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमका साथ संचालन गरेको सप्ताहको तेस्रो दिन उपभोक्ता दिवसको अवसर पारेर बिश्व शान्तिका लागि ¥यालीका साथै सहयोग हस्तान्तरण गरिएको हो ।
रोट्रयाक क्लव, रोटरी क्ल्व र इन्ट्रयाकका पदाधिकारी तथा सदस्यहरुको सहभागीतामा धौलागिरि बहुमुखी क्याम्पसवाट शुरु भएको ¥याली जीपपार्क लालीगुराँस चोक, नारायणचोक,पेन्सन क्याम्प समिट चोक हुदै धौलागिरि चोकमा आएर समापन भएको थियो ।
सो अवसरमा सगरमाथा आरोहणको तयारीमा रहनु भएका बागलुङको सर्कुवाका दृष्टिबिहिन अमिट केसीलाई क्लवको तर्फवाट सहयोग स्वरुप ५ हजार हस्तान्तरण गरिएको थियो ।
क्लवका अध्यक्ष सुवास केसी, रोटरी क्लवका पूर्व अध्यक्ष भवनराज बराल, गगनलाल शाक्य लागएतले दृष्टिबिहिन केसीलाई रकम हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै दृष्टिबिहिन अमिट केसीले नेपाल र बागलुङको शिरलाई उचाइमा पु¥याउनका लागि आफु फरक क्षमताको भएता पनि सवैको साथ र सहयोगमा सगरमाथा आरोहणको तयारीमा जुटेको बताउनुभयो । क्लवको थोरै सहयोगले पनि आफुलाई थप प्रेरणा र हौसला प्रदान गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा रोटरी क्लवका पूर्व अध्यक्ष भवनराज बरालले सामाजिक कार्यमा सक्रिय क्लवले फरक क्षमता भएका केसीलाई प्रेरणा स्वरुप सहयोग गरेर थप उदारणीय काम गरेको बताउनुभयो ।
कार्यक्रम क्लवका अध्यक्ष सुवास केसीको अध्यक्षता, सचेतक बलराम कडेलको धन्यावाद मंतव्य र निर्देशक तथा कार्यक्रम संयोजक शिव केसीको संचालनमा सम्पन्न भएको थियो ।
गत सोमवारदेखि शुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्तरगत चैत ३ गते लियो क्लव र रोट्रयाक क्लवबिच मैत्रीपूर्ण फुटसल, ४ गते मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते तालिम र ६ गते पुरस्कार बितरण सहित समापनको कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।













































































































































































































