५ कार्तिक २०८३, बुधबार

 

नेवा मिसा दवूको प्रथम सम्मेलन सम्पन्न,अध्यक्षमा सोमना शाक्य निर्वाचित

 

नेवा मिसा दवू केन्द्रीय अध्यक्ष रश्मीला प्रजापतीले नेवार समुदायले आफ्नो धर्म सस्कृतिको संरक्षण गनुपर्ने बताएकी छन ।
नेवा मिसा दवू बागलुङको प्रथम जिल्ला भेलामा वोल्दै प्रजापतिले नेवार समुदायको पहिचान लोप हुन लागेको वताउदै यसको संरक्षणमा जुट्नपर्ने बताइन । सोमना शाक्यको अध्यक्षतामा सम्पन्न भेलामा शाक्य कल्याण समाजका अध्यक्ष गगनलाल शाक्य ,धौलागिरी वहुमुखि क्याम्पसका प्रध्यापक प्रमिला राजभण्डारी ,शंखधर वहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष रतन प्रसाद मलेपती,नेपाल भाषा मंका खलका अध्यक्ष काजिगाउले श्रेष्ठ, राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए । लक्ष्मी शाक्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन अर्चना पालिखेले गरेकी थिइन ।
जिल्ला सम्मेलनले सोमना शाक्यको अध्यक्षतामा नेवा मिसा दवू जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्ष लक्ष्मी शाक्य ,सचिव अर्चना पालिखे ,सहसचिव सृजना श्रेष्ठ प्रधान, कोषाध्यक्ष मनमाया श्रेष्ठ रहेका छन । सो अवसरमा नव निर्वाचित अध्यक्ष अध्यक्ष सोमना शाक्यले आफ्नो जन्मदीनको अवसरमा सस्थालाई ५ हजार सहयोग गरेकी थिइन । कार्यक्रम सुरु हुनु पूर्व नेवार महिलाहरु नेवारी पहिरनमा सजिएर बागलुङ वजार परिक्रमा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung