४ श्रावण २०८३, सोमबार

 

सानो कोठाबाट सुरु भएको महासंघ भवन निर्माणको अभियान छ — पूर्व अध्यक्ष कडेँल

नेपाल पत्रकार महासंघका तत्कालीन धौलागिरी शाखाका अध्यक्ष नारायणदत्त कडेँलले सानो कोठाबाट सुरु भएको नेपाल पत्रकार महासंघ धौलागिरी शाखा बागलुङ शाखा हुँदै भवन निर्माणको संहारमा रहेको भन्दै महान अभियानलाई सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन । सोमबार नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका उनले यस्तो बताएका हुन ।

उनले बागलुङको पत्रकारिता पहिला कठिन हालतमा भएको र व्यवसायिकरण बन्न नसकेको अवस्थामा पनि सञ्चार प्रतिको जनचासो तीव्र रहेको बताए । ‘त्यतिबेला पत्रकार महासंघको संस्थागत विकास भइसकेको थिएन । पत्रकारहरुको क्षमता अभिबृद्धि, महासंघको संस्थागत विकास र सञ्चार माध्यमको व्यवसायीकरण तत्कालीन समयका चुनौतीहरु थिए ।’ उनले भनेँ । हाल बेलायतबाट फर्कनुभएका कडेँलले धौलागिरीको पत्रकारितालाई उचो राख््न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन ।

प्रवासमा रहेपनि बागलुङ र समग्र धवलागिरी क्षेत्रको पत्रकारिताको विकासमा उनको ठूलो देन रहेको भन्दै शाखाले एक कार्यक्रमका बिच स्वागत गरेको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेश राजभण्डारी,सल्लाहकारहरु रामबहादुर जिसी, कोपिला कडेँल र ज्ञानेन्द्र गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै उनले निर्माण हुन लागेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि ६० हजार सहयोग रकम हस्तान्तरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षता,उपाध्यक्ष नरेश कडेँलको स्वागत र सचिव राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung