४ श्रावण २०८३, सोमबार

 

नगर प्रमुखमा आकांक्षी बढे, कांग्रेसमा कस्ले मार्ला बाजी ?

आसन्न स्थानीय तहको चुनावको सरगर्मी बढ्दै जाँदा नगरप्रमुखमा आकांक्षीहरु पनि बढ्दै गएका छन । विभिन्न पार्टीहरुबाट उम्मेद्वारी घोषणा गर्न क्रम पनि रोकिएको छैन । त्यस्मा पनि नेपाली कांग्रेसमा उम्मेद्वारी दिनेको लामो सुची देखिएको छ । बागलुङ नगरपालिकामा पनि आकांक्षीहरु धेरै देखिएका हुन ।

आज बसेको नगरसमितिको बैठकले नगरप्रमुखमा ६ जना उम्मेदवारको नाम क्षेत्रीय समितिमा पठाउने निर्णय गरेको छ । जसमध्ये नेपाली कागँ्रेस जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ,महिला संघकी अध्यक्ष शकुन्तला शर्मा,क्षेत्रीय प्रतिनिधी महेन्द्र खड्का,नगर सभापति महेन्द्र आचार्य,क्षेत्र १ क्षेत्रीय सभापति चिरञ्जिवी गौतम,क्षेत्र २ का क्षेत्रीय सभापति नारायण शर्मा पौडेलको नाम क्षेत्रीय समितिमा पठाउने निर्णय भएको नगरप्रमुख महेन्द्र आचार्यले बताए । त्यस्तैगरी क्षेत्रीय प्रतिनिधी चण्डीप्रसाद शर्मा पौडेलले दावी गरेका छन तर,उनको निवेदन आएपछि मात्र क्षेत्रीय समितीमा पठाउन सिफारीस गरिने आचार्यले बताए ।

त्यस्तैगरी बागलुङ नगरपालिकाको उपप्रमुखमा ३ जनाको नाम सिफारीस गरिएको छ । जस्मा महासमिति सदस्य कल्पना हमाल पाठक,नगर समितिका कोषाध्यक्ष प्रमिला राजभण्डारी र ट्रेड युनियन काग्रेसका जिल्ला अध्यक्ष रामप्रसाद अधिकारीको नाम क्षेत्रीय समितिमा पठाउने निर्णय भएको छ । क्षेत्रीय सभापतिहरु समेतले मेयर पदमा दाबी गरेपछि कांग्रेस भित्र खैलाबैला मच्चिएर गएको छ,जस्का कारण पार्टी भित्रै शक्ति संघर्ष बढ्ने खतरा देखिएको छ । धेरै आकांक्षीहरुको बिचमा पार्टीले सन्तुलन मिलाएर कस्लाई अगाडि सार्ने भन्ने निर्णय पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung