५ श्रावण २०८३, मंगलवार

 

गलकोटमा माओबादी केन्द्रको कोण सभा तथा र्याली

‘माओवादी केन्द्रको उपहार, गाउँ नगरमा सिंहदरबार’ भन्ने मुल नाराका साथ माओवादी केन्द्र गलकोट नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि हरिचौरमा कोण सभा सम्पन्न गरेको छ ।

कोण सभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपलिकाका मेयर पदका उमेदवार फमलाल निउरे र उपमेयरका उमेदवार ललिता थापाले सिंहदरबारका अधिकार गाउँ नगरमा आईसकेको अवस्थामा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरी नेकपा माओवादी केन्द्रलाई विजयी गराउन आग्रह गरेका छन ।

ryali कोण सभा पूर्व माओजवादी केन्द्रले गलकोट नगरपालिकाको दुदिलाभाटी चौरहा देखी नरेठाटी बजार, हटिया बजार, आँगाखेत, बासखोला, छिस ,हुँदै हरिचौर ठूलाथरसम्म र्याली सम्पन्न गरेको थियो । र्यालीमा माओवादी केन्द्रका नेता, कार्यकर्ता, वाईसियल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung