बागलुङ – गलकाेट हटिया र हरिचाैर जाेड्ने निर्माणाधीन पुलमा बाढी पस्दा ७ लाख बराबरकाे क्षति भएकाे छ ! ८ गते रातिकाे अविरल वर्षापछिकाे भेलले निर्माण स्थलबाट काठ,प्लाई ,टिन बगाउनुकाे साथै निर्माण समागी पुरेकाे छ ! नयाँ बाटाे जुल्मी अार्चाय जेभि निर्माण कम्पनीले ३ कराेड ७ लाखमा ठेक्का लिएकाे उक्त माेटरेवल पुलकाे काम ४ महिनामा ५० प्रतिशत काम सम्पन्न भई सकेकाे छ ! नयाँ इस्टेट प्रविधिबाट निर्माण हुन लागेकाे हटियालाई हरिचाैरसंग जाेड्ने माेटरेवल पुल निर्माण सम्पन्न भएमा गलकाेट हटियासंग हरिचाैर ,हिल ,ताराखाेला र अर्गलकाे छिटाे सम्पर्क हुने र समय पनि वचत हुनेछ !













































































































































































































