२९ बैशाख २०८२, सोमबार

 

खगेन्द्रकाे धनपति अाउदै

अभिनेता खगेन्द्र लामिछानेकाे नयाँ फिल्म धनपति प्रदर्शन हुदैछ । पशुपतिपसाद रिलिज भएकाे डेढ वर्षपछि उनकाे नयाँ फिल्म अाउन लागेकाे हाे ।

खगेन्द्रकै पटकथा र पशुपतिपसादकै निर्देशक दीपेन्द्र के खनालले यस फिल्मबाट धेरै अपेक्षा राखेका छन ! खगेन्द्रले पशुपतिपसादकाे कथा अाफै लेखे र अाफै मुख्य भुमिकामा खेलेर कमाल मच्चाए ।  याे फिल्मले बक्स अफिसमा धेरै नै राम्रो गर्याे भने राष्ट्रिय अर्वाड पनि हात पार्न सफल भयाे ! याे फिल्मले राम्रो अाम्दानी गर्न सफल भयाे । याे फिल्मपछि धेरै निर्देशक र निर्माताकाे अाखा खगेन्द्र तिर पर्याे  ।

टलकजंग भर्सेज टुल्के फिल्मले सफलता प्राप्त गरेपछि खगेन्द्र एकाएक चर्चामा अाए पनि उनी राम्रो विषयवस्तुकाे फिल्म खेल्ने याेजनाका कारण नहतारिकन धनपतिकाे कथा लेखनमा लागे  ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung